फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्षबाट बीस मुलुक समूहका नेतास्तरीय सम्मेलनलाई सम्बोधन

(GMT+08:00) 2014-11-16 11:31:13

    बीस बटा मुलुक समूहका नेतास्तरीय शिखर सम्मेल 15 तारिखका दिन अस्ट्रेलियाको ब्रिस्बेनमा आयोजित भयो। चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले "रचना र विकासलाई अघि बढाउने र सम्पर्क साकार तुल्याउने"शीर्षक महत्वपूर्ण सम्बोधनका साथ यस सम्मेलनमा भाग लिनुभएको छ। यस सम्बोधनमा उहाँले सँयुक्त रुपमा अर्थतन्त्रको सुधारको बाटोलाई अघि बढाउँदै चौतर्फी बृद्धिको रणनीतिलाई व्यवहारमा उतार्न र विश्व अर्थतन्त्रलाई चक्रीय पुनस्थापनद्वारा दिगो विकासतिर मोड्नका लागि वकालत गर्नुभयो। यसका साथै चीनले निरन्तर अर्थतन्त्रको विकास गतिलाई कायम राखेर विश्वको अर्थतन्त्रलाई अघि बढाउनका लागि बढी योगदान दिने कुरामा पनि सीले जोड दिनुभयो।

    अर्थतन्त्रको बढावा, रोजगारी र जोखिमको प्रतिरोध गर्नु यस शिखर सम्मेलनको मुख्य विषय हो। र 15 तारिखका दिन पहिलो चरणको सम्मेलन आयोजना गरिएको छ। सम्मेलनमा भाग लिनुभएका विभिन्न सदस्यका नेतागणले विश्वको आर्थिक परिस्थिति र विकास प्रवर्द्धन तथा रोजगारी सम्बन्धी विषय-बस्तुबारे सम्बोधन गर्नुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ