फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी राष्ट्रपति ओबामाको अस्ट्रेलिया भाषणबारे चिनियाँ परराष्ट्र मन्त्रालयको टिप्पणी

(GMT+08:00) 2014-11-16 10:33:57

    चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता छिङ काङले 15 तारिखका दिन अमेरिकी राष्ट्रपति बाराक ओबामाले अस्ट्रेलियामा दिनुभएको भाषणबारे प्रतिक्रिया दिनुभएको छ।

    अमेरिकी राष्ट्रपति ओबामाले अस्ट्रेलियाली क्वीन्सल्याण्डमा प्रकाशित गर्नुभएको एशिया-प्रशान्तको राजनीति सम्बन्धी सम्बोधनमा चीनका लागि अमेरिकाको राजनीतिबारे उहाँले गर्नुभएको चर्चाप्रति प्रवक्ता छिङ काङले जवाफ दिंदै चीनले अमेरिकासँग मिलेर दुई मुलुकका राष्ट्रानायकहरुबाट पैचिङमा प्राप्त गरिएको मतैक्यबमोजिम विभिन्न महत्वपूर्ण दिशाबाट प्रयास गरी समन्वय र सहयोगलाई सबल पार्नुपर्ने बताउनुभयो। उहाँले चीन तथा अमेरिका यी नयाँ ढाँचाका ठूला मुलुकबीचको सम्बन्धको स्थापनालाई अघि बढाउने आशा लिएका छन् भने यी दुई मुलुक र जनताहरुबीचको मूलभूत हितका लागि अनुकूल हुनुका साथै एशिया-प्रशान्त क्षेत्रका साथै संसारको शान्ति, स्थीरता र समृद्धिका लागि पनि हितयुक्त भएको कुरामा जोड दिनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ