फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्ग र फ्रान्सका राष्ट्रपति होलान्दबीच भेट-घाट

(GMT+08:00) 2014-11-16 16:36:34

    चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गले 16 तारिख ब्रिस्बेनमा फ्रान्सका राष्ट्रपति फ्राँस्वा होलान्दसँग भेट-घाट गर्नुभएको छ।

    भेटमा उहाँले चीन र फ्रान्सले दुई मुलुकको सम्बन्धको सक्रिय विकासको प्रवृत्तिलाई निरन्तर रुपमा कायम राख्ने, रणनीति, बित्त, सँस्कृतिआदि वार्ता प्रणालीको सदुपयोग गरी व्यवहारिक सहयोग र साँस्कृतिक आदान-प्रदानलाई अझै प्रशस्त उपलब्धिका लागि घच्घच्याउने कुरा बताउनुभयो।

    जवाफमा होलान्दले सी चिन फिङ्गको फ्रान्स भ्रमणले दुई मुलुकको सम्बन्धको नयाँ युग खोलेको बताउँदै चीनसँग उच्च स्तरीय आदान-प्रदानलाई निरन्तर रुपमा कायम राख्ने र महत्वपूर्ण सहयोगात्मक परियोजनालाई सबल पार्ने आशा फ्रान्सले लिएको कुरा बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ