फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्ग र यूरोपेली संघका अध्यक्ष जुन्करबीच भेट-घाट

(GMT+08:00) 2014-11-16 16:38:06

    चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गले 16 तारिख ब्रिस्बनमा यूरोपेली संघका अध्यक्ष जिन क्लाउड जन्करसँग भेट-घाट गर्नुभएको छ।

    भेटमा उहाँले यूरोपेली संघले चीनको आधुनिकीकरण र शहरीकरणबाट अझै धेरै सुअवसर पाउनसक्ने आशा व्यक्त गर्नुभयो। दुई पक्षले इरानको आणविक समस्या, जलवायु परिवर्तन, अन्तर्राष्ट्रिय व्यापार वार्ताआदि समस्याहरुमा समन्वय गर्ने र बीस मुलुक समूहको प्रारुपभित्रको सहयोगलाई सबल पार्ने कुरा बताउनुभयो।

    प्रत्युत्तरमा जन्करले आगामी वर्ष चीन र यूरोपेली संघको दौत्य सम्बन्ध स्थापना हुने 40औं वार्षिकोत्सव भएको स्मरण गराउँदै दुई पक्षले यस मौकामार्फत यूरोपेली संघ र चीनको सम्बन्धको प्रशस्त उपलब्धि र फराकिलो भविश्य देखाउने कुरा बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ