फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी चिन फिङद्बारा चीनका मुख्य तीन नीति प्रस्तुत

(GMT+08:00) 2014-11-17 19:18:55

       आज नोभेम्बर सत्र तारिख चीनका राष्ट्राध्यक्ष सी चिन फिङले क्यानबेरामा "चीन र अस्ट्रेलियाको विकास सपनालाई क्षेत्रीय समृद्धि र स्थिरतालाई संयुक्त रुपमा साकार तुल्याउने" शीर्षकमा महत्वपूर्ण सम्बोधन गर्नुभयो।

       उहाँले सम्बोधनमा चीनले राष्ट्रिय सपनालाई भव्य रुपमा साकार तुल्याउनका लागि चिनियाँ जनताले सक्दो प्रयास गरिरहेको बताउनुभयो। चीनको विकासबारे केही जानकारि पनि राष्ट्राध्यक्ष सीले आफ्नो सम्बोधनमा दिनुभयो। चीन सधैँ शान्तिपूर्ण विकासको बाटोमा हिड्ने, चीनले अरु मुलुकसँग मिलेर संयुक्त विकास गर्ने र एशिया प्रशान्त क्षेत्रका विभिन्न मुलुकसँग सहयोग र विकासलाई चीनले बढाउने चीनका अपरिवर्तनीय नीति रहेको राष्ट्राध्यक्ष सीले जोड दिनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ