फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी चिन फिङ र अस्ट्रेलियाका प्रधानमन्त्री टोनी अब्बोट बीच भेट-वार्ता

(GMT+08:00) 2014-11-17 19:19:19

        चीनका राष्ट्राध्यक्ष सी चिन फिङले आज नोभेम्बर सत्र तारिख क्यानबेरामा अस्ट्रेलियाका प्रधानमन्त्री टोनी अब्बोटसँग भेट-वार्ता गर्नुभयो। चीन र अस्ट्रेलिया बीचको चौतर्फी रणनैतिक साझेदारी सम्बन्धलाई बढाउन दुवै नेताहरु सहमत हुनु भएको छ। चीन र अस्ट्रेलिया बीचमा स्वतन्त्र व्यापार सम्झौता वार्ता पनि सम्पन्न भएको छ।

        अस्ट्रेलियाली प्रधानमन्त्री अब्बोटले चीनका राष्ट्राध्यक्ष सिद्बारा गरिएको अस्ट्रेलियाको भ्रमणले ऐतिहासिक अर्थ बोकेको बताउनुभयो। उहाँले आपसी आदर, मित्रता र आपसी हितका आधारमा अस्ट्रेलियाले चीनसँगको सहयोगलाई सबल पार्ने औँल्याउनुभयो।

         चीनका राष्ट्राध्यक्ष सीले चीन र अस्ट्रेलियाबीचको स्वतन्त्र व्यापार सम्झौता वार्ता सार्थक रुपमा सम्पन्न हुनु दुवै मुलुकको आर्थिक तथा व्यापारिक सम्बन्धका लागि राम्रो कुरा भएको बताउनुभयो। उहाँले दुवै मुलुकले सांस्कृतिक तथा मानवीय आदान-प्रदानलाई बढाउन आवश्यक रहेको पनि बताउनुभएको छ। उहाँले संयुक्त राष्ट्र संघ, बीस मुलुक संगठन, पूर्वी एशिया शिखर सम्मेलन, प्रशान्त महासागर टापु मञ्च आदि बहुपक्षीय प्रणालीमा चीनले अस्ट्रेलियासँगको सहयोगलाई सुदृढ पार्ने कुरामा जोड दिनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ