फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जी बीस समूहको शिखर सम्मेलन सम्पन्न

(GMT+08:00) 2014-11-17 19:21:04

        बीस मुलुक समूह अर्थात जी बीस समूहको नवौँ शिखर सम्मेलन हिजो सोह्र तारिख अस्ट्रेलियाको ब्रिस्बानमा सम्पन्न भएको छ। सम्मेलनले विज्ञप्ति जारी गर्दै विश्व आर्थिक बृद्धि बढाउने, जनजीवन र रोजगारको सुधार गर्ने वर्तमान प्रमुख कार्य रहेको उल्लेख गरेको छ।

         विज्ञप्तिका अनुसार, केही मुख्य आर्थिक समूहको बलियो रुपमा विकास भए पनि विश्वको आर्थिक पुनःरुत्थान अझै ढिलो भएको, जी बीस समूहले सहयोग गरी बलियो, दिगो, सन्तुलित आर्थिक विकासलाई व्यवहारमा उत्तार्ने वचनबद्धता नेताहरुले लिएका छन्। जी बीस समूहले आगामी पाँच वर्षभित्र समष्टिगत कूल गार्हस्थ उत्पादनलाई अरु दुई प्रतिशत बढाउने योजना तर्जुमा पनि गरेको छ। शिखर सम्मेलनमा विश्व लगानी र आवश्यक प्रबन्ध लगानी अभाव जस्ता समस्याको समाधान भएमा आर्थिक बृद्धि बढाउन, रोजगारी बढाउन, उत्पादकत्वमा सुधार गर्न जस्ता महत्वपूर्ण भूमिका निर्वाह गर्न संभव रहेको विषयमा गहन छलफल भएको छ।

         साथै शिखर सम्मेलनमा विश्वमा आवश्यक प्रबन्ध सुझावबारे सबै नेताले स्वीकार गरेका छन्। त्यसको लागि विश्व आवश्यक प्रबन्ध केन्द्रको स्थापना गर्ने सहमति पनि भएको छ।

जानकारी तथा लेखहरु
सुझाउ