फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सी चिन फिङ अस्ट्रेलियाको तास्मानिया राज्यको भ्रमणमा

(GMT+08:00) 2014-11-18 19:18:40

        सिन ह्वा समाचार समितिका अनुसार, चीनका राष्ट्राध्यक्ष सी चिन फिङले आज नोभेम्बर अठार तारिख अस्ट्रेलियाको तास्मानिया राज्यको भ्रमण गर्नुभयो।

        राष्ट्राध्यक्ष सी चिन फिङले राज्य भवनमा राजतन्त्रअन्तर्गत कार्यवाहक राज्यपाल बुलो र स्थानीय सरकार राज्यपाल विल हवद्गमानसँग भेट-वार्ता गर्नुभयो। सो अवसरमा सी चिन फिङले चीन-अस्ट्रेलिया चौतर्फी रणनीतिक साझेदारी सम्बन्ध र स्तन्त्र व्यापार क्षेत्रको निर्माण गर्ने सुअवसरमा आर्थिक तथा व्यापारिक, कृषि, वनस्पति, पर्यटन आदि क्षेत्रको सहयोगलाई बढाउने आशा आफूले लिएको व्यक्त गर्नुभयो।

         बुलो र विलले तास्मानिया राज्यका जनताको तर्फबाट राष्ट्राध्यक्ष सी चिन फिङलाई स्वागत गर्नुभयो। उहाँहरुले चीन तास्मानियाको सबभन्दा ठूलो व्यापारिक साझेदारी रहेको भन्दै राष्ट्राध्यक्ष सी चिन फिङको भरमणबाट अझ बढी चिनियाँलाई तास्मानिया राज्यबारे बुझ्न सजिलो बनाएको र सम्पर्क बढ्ने आशा आफूले लिएको बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ