फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सी चिन फिङ स्ये लुङ नामक अभियान जहाजमा

(GMT+08:00) 2014-11-18 19:19:32

       अस्ट्रेलियाको मास्तानिया राज्यको सदरमुकाम होबर्टको भ्रमणमा रहनुभएका चीनका राष्ट्राध्यक्ष सी चिन फिङले आज अठार तारिख अस्ट्रेलियाका प्रधानमन्त्री टोनी अब्बोटको साथमा दक्षिणी ध्रुव अभियान कार्यक्रमको अवलोकन गर्नुका साथै दुई देशका अभियानकर्मीसँग पनि भेट गर्नुभयो।

       होबर्ट अस्ट्रेलिया दक्षिणी ध्रुव अभियानको मुख्य बन्दरगाह हो। स्ये लुङ नामक अभियान जहाजले चीनको तेइसौँ दक्षिणी ध्रुव अभियान कार्यको संचालन गर्दा होबर्ट बन्दरगाहमा रोकेर आपूर्ति लिएको हो।

        सी चिन फिङले दक्षिणी ध्रुव अभियान महत्वपूर्ण र अर्थयुक्त भएको भन्दै चीनले अस्ट्रेलिया र अन्तर्राष्ट्रिय समूहसँग मिलेर अझ राम्रोसँग दक्षिणी ध्रुवको संरक्षण तथा प्रयोग गर्ने इच्छा लिएको उल्लेख गर्नुभयो।

         टोनी अब्बोटले दुई देशका अध्ययनकर्ताबीचको सहयोगलाई बढाउने आशा आफूले लिएको बताउनुभयो।

         सी चिन फिङ र टोनी अब्बोट चीन-अस्ट्रेलिया दक्षिणी ध्रुव सहयोगी ज्ञापनपत्रको हस्ताक्षर समारोहमा पनि उपस्थित हुनुहुन्थ्यो।

जानकारी तथा लेखहरु
सुझाउ