फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा नेपालको आर्थिक तथा शैक्षिक विकासको निम्ति आर्थिक सहयोग

(GMT+08:00) 2014-11-21 18:17:02

           चीनको स्वायत्त प्रदेश तिब्बत सरकारले आफ्ना सिमा क्षेत्रसँग जोडिएका नेपालका दुर्गम जिल्लाको आर्थिक तथा भौतिक विकासको निम्ति प्रत्येक बर्ष 16 करोड नेपाली रुपैयाँ सहयोग गर्ने भएको छ । सन् 2014 देखि 2018 सम्म हरेक बर्ष सो रकम उपलब्ध हुने आज हस्ताक्षरित सम्झौतापत्रमा उल्लेख छ ।

          सो सहयोग परियोजनामा चीन सरकारका तर्फबाट नेपालका लागि चिनियाँ राजदूत ऊ छुन्थाई तथा नेपाल सरकारका तर्फबाट संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहसचिव पूर्णचन्द्र भट्टराईले आज हस्ताक्षर गर्नुभयो ।

          तिब्बतसँग सिमा जोडिएका नेपालका उत्तरी भोगका दार्जुला, बझाङ, हुम्ला, मुगु, डोल्पा, मनाङ, मुस्ताङ, गोरखा, रसुवा, सिन्धुपाल्चोक, दोलखा, धादिङ, सोलुखुम्बु, संखुवासभा र ताप्लेजुङ लगायतका 15 जिल्लामा जनताको जीवनस्तर उकास्ने कार्यक्रम अन्तर्गत सो रकम खर्च हुनेछ ।

         सो कार्यक्रममा नेपाल सरकारका तर्फबाट संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव डा.सोमलाल सुवेदीको उपस्थितिमा रहेको थियो । कार्यक्रममा चिनियाँ राजदूत ऊ छुन्थाई र सचिव सोमलाल सुवेदीबीच दुई पक्षीय सहयोग र त्यसले स्थानीय स्तरमा पार्ने प्रभावका बिषयमा छलफल भएको थियो । सचिव सुवेदीले चिनियाँ सहयोले विभिन्न क्षेत्रमा प्रभावकारी भूमिका खेलेको चर्चा गर्नुभयो । साथै, आगामी दिनमा अझ विस्तृत सहयोगले नेपाल चीन सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।

          नेपाल चीन सिमाक्षेत्र आसपासमा हुने विविध किमिसका प्राकृतिक प्रकोप रोक्न र न्यूनीकरण गर्न दुवै देश मिलेर लाग्नुपर्ने र यसले चीनले विशेष भूमिका खेल्नुपर्ने उहाँले बताउनुभयो ।

          सोही अवसरमा नेपाल प्राकृतिक रुपमै स्वच्छ अनि समृद्ध छिमेकी देश भएकाले नेपालको विकास र सफलताको लागि चीनले सदैव सहयोग गर्ने प्रतिबद्धता राजदूत छुन्थाईले व्यक्त गर्नुभयो । चीनको वर्तमान नेतृत्व पनि यस बिषयमा दृढ र संकल्पित रहेको उहाँले जानकारी गराउनुभयो ।

           कार्यक्रममा सचिव डा. सोमलाल सुवेदीले राजदूत छुन्थाईलाई Fiscal Decentralization of Nepal, a Municipal Perspective बिषयक पुस्तक प्रदान गर्नुभयो । सोही सिलसिलामा हिमालय क्षेत्रको वातावरणमा पर्न गएको नकारात्मक असरलाई कसरी कम गर्ने ? भन्ने बिषयमा दुई पक्षबीच छलफल पनि भएको थियो ।

           कार्यक्रममा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका उच्च पदस्थ अधिकारी र चिनियाँ दुतावासका जिम्मेवार कर्मचारीहरुको उपस्थिति थियो ।

जानकारी तथा लेखहरु
सुझाउ