फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भृकुटीमण्डपमा सार्कस्तरीय हस्तकला प्रदर्शनी सुरु

(GMT+08:00) 2014-11-21 18:17:26

        हस्तकला महासंघको आयोजनामा भृकृटीमण्डमा सार्क हस्तकला प्रदर्शनी तथा बाह्रौं हस्तकला व्यापार मेला सुरु भएको छ। मेलाको उद्घाटन हिजो बिहीबार उद्योगमन्त्री महेश बस्नेतले गर्नुभयो। कान्तिपुर अनलाइनका अनुसार मेलाको उद्घाटन गर्दै मन्त्री बस्नेतले अर्थतन्त्रलाई चलायमान राख्न र गरिबी निवारणमा हस्तकलाको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो। 'हस्तकला उत्पादन र निर्यातको अवस्था राम्रो छ,' उहाँले भन्नुभयो, 'गरिबी निवारण र अर्थतन्तका लागि यसको योगदान ठूलो छ।' अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीस्थल र प्रत्येक विकास क्षेत्रमा राष्ट्रियस्तरको प्रदर्शनीस्थल निर्माणका लागि सरकारले तयारी गरिरहेको उहाँले बताउनुभयो। औद्योगिक विकास ऐन लागू भए अहिले देखिएका अधिकांश समस्या समाधान हुने उहाँले बताउनुभयो।

       नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेले हस्तकलाको विकास, विस्तार र प्रवर्द्धनका लागि हस्तकलाग्राम स्थापनामा सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो। उहाँले स्थानीय उत्पादनलाई बजारसम्म पुर्‍याउन बजारी करण गर्नुपर्ने बताउनुभयो। नेपाल चेर्म्बर्स अफ कमर्सका उपाध्यक्ष ज्ञानेन्द्ररत्न तुलाधारले हस्तकला विकासका लागि दक्ष प्राविधिक जनशक्ति आवश्यक रहेको बताउनुभयो।

       हस्तकला महासंघका अध्यक्ष हेमरत्न शाक्यले रोजगारी सिर्जना, अन्तर्राष्ट्रिय बजारमा नेपालीको मौलिक पहिचानका साथै विदेशी मुद्रा आर्जनमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको हस्तकलाको प्रवर्द्धनमा सरकारले अझै प्रवर्द्धनात्मक कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ