फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

औद्योगिक क्षेत्रको सार्क लक्षित तयारी

(GMT+08:00) 2014-11-21 18:19:13

          नेपालमा हुने दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को 18 औँ शिखर सम्मेलनमा आउने राष्ट्रप्रमुखका प्रथम महिला एवम् अन्य पाहुनाले पाटन औद्योगिक क्षेत्रमा भ्रमण गर्न सक्ने अवस्थालाई मध्यनजर गरी सम्पूर्ण तयारी पूरा गरिएको छ।

          राष्ट्रिय समाचार समितिका अनुसार सम्मेलनको क्रममा यहाँ आउने पाहुनाले नेपाली सांस्कृतिक महत्व बोकेको उद्योगको अवलोकन गर्न सकिने पाटन औद्योगिक व्यवस्थापनले जनाएको छ। यहाँ हस्तकला, काष्ठकला तथा पस्तरकलासम्बन्धीका उद्योग गरी 117 वटा उद्योगको अवलोकन गर्न सकिनेछ।

          ललितपुरको पहिचान राख्न सफल हस्तकलाबाट निर्मित्त आफ्नो सम्पदाको शीर उच्च राख्न औद्योगिक क्षेत्रको ठूलो भूमिका रहने यहाँका प्रशासन अधिकृत रमेशराज नेपालले बताउनुभयो। ढुङ्गाबाट निर्मित विभिन्न मूर्तिको नामले कहलिएको राजधानीकै प्रख्यात अरनिको स्टोन कार्भिङले पनि यहाँको महत्व बढाएको प्रशासन अधिकृत नेपालको दाबी रहेको छ।

          यहाँ हस्तकलासम्बन्धी 20, काष्ठकला 10 र पस्तरकलासम्बन्धी उद्योग एक वटा रहेको छ। दैनिक रुपमा करिब 100 को हाराहारीमा पर्यटक अवलोकनका लागि आउने गरेको र विभिन्न विद्यालय एवम् कलेजका गरी झन्डै 200 सम्मले यस क्षेत्रको अवलोकन गर्ने गरेको अधिकृत नेपालको भनाइ रहेको छ।

          ललितपुरका गौरवलाई जोगाइ राख्न औद्योगिक क्षेत्रको महत्व झनै बढ्दै गएको उनको भनाइ छ। रासस

जानकारी तथा लेखहरु
सुझाउ