फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

समुद्रीरेशमी मार्गको निर्माणबारे श्रीलंकामा विशेष गोष्ठी

(GMT+08:00) 2014-11-22 19:07:44
                पो आउ एशियाली मञ्च तथा श्रीलंका तोरिड कोषले हिजो एकाईस तारिख कोलम्बोमा संयुक्तरुपमा ¡°एकाइसौँ शताब्दीको समुद्रीरेशमी मार्गको निर्माण शीर्षकमा गोष्ठीको आयोजना गरेको छ।

                 उक्त गोष्ठीमा पो आउ एशियाली मञ्चका उप-कोषाध्यक्ष चङ्ग फै येनले ¡°सँगसँगै सहयोग गरी एकाइसौँ शताब्दीको समुद्री रेशमी मार्गको संयुक्त निर्माण विषयमा मन्तव्य राख्नु भएको छ।

               उहाँले दक्षिण एशियाली विभिन्न मुलुकसित प्रमुख भूमिका निर्वाह गरी संयुक्तरुपमा क्षेत्रीय आर्थिक विकास बढाएर चीन र दक्षिण एशिया बीचको सहयोगको नयाँ युगबनाउन चीन इच्छुक रहेको व्यक्त गर्नुभयो।

               सो गोष्ठीमा भाग लिनुअघि श्रीलंकाका राष्ट्रपति तथा प्रधानमन्त्रीले बेग्लाबेग्लै रुपमा चिनियाँ प्रतिनिधि मण्डलसित भेटघाट गरी चीनले प्रस्तुतगरेको समुद्री रेशमी मार्गबारेको पहलप्रति प्रशंसा गर्दै त्यसलाई समर्थन गर्ने बताउनु भएको थियो।

जानकारी तथा लेखहरु
सुझाउ