फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

संयुक्त राष्ट्र संघको अन्नबाली संगठनद्बारा कुपोषण समाधान गर्न अक्षय कोष स्थापना

(GMT+08:00) 2014-11-22 19:08:15
              संयुक्त राष्ट्र संघको अन्नबाली संगठनले हिजो एकाईस तारिख कुपोषणको सामना गर्न तथा विश्वव्यापी कुपोषणलाई सुधार गर्नका लागि अक्षय कोषको स्थापना गरेको छ।

              संयुक्त राष्ट्र संघको अन्नबाली संगठन तथा विश्व स्वास्थ्य संगठनले संयोजन गरेको दोस्रो अन्तर्राष्ट्रिय पोषण बैठक हिजै रोममा सम्पन्न भएको छ। संयुक्त राष्ट्र संघको कृषीबाली संगठनका महाप्रबन्धक जोसे क्राज्यानो दा सिल्भाले बैठकमा बोल्दै कुपोषणको समाधान गर्नका लागि संगठनले पाँचवटा रणनीतिक लक्ष्य राखेको सार्वजनिक गर्नुभयो।

               संयुक्त राष्ट्र संघको कृषि उद्योग तथा अन्न व्यवस्थाले विभिन्न कुपोषण समस्याको समाधान गर्ने पक्षमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।

               दोस्रो अन्तर्राष्ट्रिय पोषण बैठक तीन दिन चल्नेछ। 170 वटा मुलुक तथा क्षेत्रका सरकारी प्रतिनिधि, अनुसन्धानकर्ता तथा व्यवसायी प्रतिनिधिहरूले उक्त बैठकमा भाग लिएको छन्।

जानकारी तथा लेखहरु
सुझाउ