फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सी चिन फिङ्ग र प्रशान्त टापूका मुलुकका नेताहरुबीच वार्ता

(GMT+08:00) 2014-11-22 19:08:49
              चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गले बाईस तारिख नादीमा फिजीका प्रधानमन्त्री, माइक्रोनेसियाकाराष्ट्रपति, सामोआका प्रधानमन्त्री, पपुवा न्यु गिनीका प्रधानमन्त्री, भानुआतुका प्रधानमन्त्री, कुक आइसल्याण्डका प्रधानमन्त्री, टोङ्गाका प्रधानमन्त्री, निउका प्रधानमन्त्री जस्ता प्रशान्त टापूका मुलुकका नेताहरुसँग सामूहित वार्ता गर्दै सहयोगात्मक विकास योजनाबारे छलफल गर्नुभएको छ। उहाँहरू पारस्परिक सम्मान तथा संयुक्त विकासको रणनैतिक साझेदारी सम्बन्धको स्थापना गर्न सहमत हुनु भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिन फिङले उक्त सम्मेलनको अध्यक्षता गर्नुका साथै महत्वपूर्ण मन्तव्य दिनुभएको छ। उहाँले नयाँ स्थितिमा चीन र प्रशान्त टापूका मुलुक बीचको सम्बन्धलाई प्रगाढ पार्ने नीति तथा कदमको जानकारी दिनुका साथै चीन यी मुलुकसँग सदिच्छापूर्ण साथी तथा सहयोगात्मक साझेदारी रहको कुरामा जोड दिनुभएको छ।

             यसका साथै चीनका राष्ट्राध्यक्ष सी चिन फिङले नयाँ स्थितिमा चीन र प्रशान्त टापू मुलुक बीचको सम्बन्ध उकास्नका लागि पाँचवटा प्रस्ताव पनि प्रस्तुत गर्नुभएको छ।

              तत्स्थानको वातावरण मैत्रीपूर्ण एवं व्यावहारिक भएको छ। प्रशान्त टापू मुलुकका नेतागणले राष्ट्राध्यक्ष सी चिन फिङको भ्रमणप्रति धन्यवाद ज्ञापन गर्नुभएको छ। उहाँहरुले चीनसित विभिन्न पक्षको सहयोगलाई बढाउन इच्छा प्रकट गर्नुभएकोछ।

जानकारी तथा लेखहरु
सुझाउ