फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी चिन फिङद्बारा प्रशान्त टापुका नेताहरुसँग भेट-वार्ता

(GMT+08:00) 2014-11-22 19:09:18
                सिन्ह्वा समाचार समितिका अनुसार चीनका राष्ट्राध्यक्ष सी चिन फिङले आज 22 तारिख फिजीमा प्रशान्त टापु देशका केही नेताहरुसँग बेग्लाबेग्लै भेट-वार्ता गर्नुभयो। उहाँहरुले मैत्रीपूर्ण सहयोगात्मक सम्बन्धको विकासको विषयमा वैचारिक आदान-प्रदान गर्नुभएको छ।

                माइक्रोनेसियाका राष्ट्रपति इमानुएल मोरीसँग भेट वार्ता गर्दै राष्ट्राध्यक्ष सीले कुनै पनि देश ठूलो वा सानो,बलियो वा कमजोर,धनी वा गरिब भए पनि विश्व समाजको एक सदस्य रहन्छ भन्दै चीनले कुनै पनि राष्ट्रलाई सम्मान गर्ने,समानताका साथ व्यवहार गर्ने र पारस्परिक सहयोग दिने व्यक्त गर्नुभयो।

                राष्ट्रपति मोरीले चीनसँगको दौत्य सम्बन्धको स्थापना भएको 25 वर्षदेखि माइक्रोनेसिया तथा चीनबीचको सम्बन्ध राम्रो रहेको र यी दुई देशले साझा प्रयासमार्फत माइक्रोनेसियाको आर्थिक विकास तथा जन जीवनलाई सुधार गरेको बताउनुभयो।

                भेट-वार्ताका क्रममा राष्ट्राध्यक्ष सीले पपुवा न्यु गिनी,भानुआतु,टोङ्गा,सामोआ,निउ,कुक आइसल्याण्ड लगायत विभिन्न मुलुक बीचको दुवैपक्षीय सहयोगात्मक सम्झौतामा हस्ताक्षर गर्ने समारोहमा पनि सहभागी हुनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ