फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङ र फिजीका प्रधानमन्त्रीबीच भेट वार्ता

(GMT+08:00) 2014-11-22 19:09:47
               सिन्ह्वा समाचार समितिका अनुसार चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले आज 22 तारखि नादीमा फिजीका प्रधानमन्त्री बाइनि मारामासँग भेट वार्ता गर्नुभएको छ।

                सो भेट वार्तामा चीनले फिजीसँगको सहयोग तथा आदान-प्रदान बढाउने र दुई देशबीचको सम्बन्धलाई अझ बढी प्रबर्द्धन गर्ने इच्छा राष्ट्राध्यक्ष सीले औंल्याउनुभएको छ। उहाँले फिजीमा यातायात र कृषि राम्रो रहेको भन्दै वनसम्पदा तथा खनिज आदि श्रोतले धनी भएको बताउनुभयो। चीनको प्रविधि राम्रो र बजार पनि व्यापक भएकाले दुवै देशले आपसमा लाभ लिन सक्ने अत्यधिक संभावना रहेको बताउनुभयो।

                फिजीका प्रधानमन्त्री बाइनी मारामाले चीनको योगदान तथा सहयोग प्रति फिजीका जनता खुशी भएको बताउनुभयो। फिजी र चीनबीचको सम्बन्धको आधार विकसित हुँदै आएको र यी दुई देशबीचको सहयोगको क्षेत्र व्यापक रहेको पनि उहाँले भन्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ