फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको चीनसँगको व्यापार घाटा 38 प्रतिशतले वृद्धि

(GMT+08:00) 2014-11-22 19:11:00
            नेपालको छिमेकी मुलुक चीनसँग चालु आर्थिक वर्षको पहिलो तीन महिनामा व्यापार घाटा 37.8 प्रतिशतले बढेर 22 अर्ब 33 करोड 48 लाख रुपैयाँ पुगेको छ। यस अवधिमा 23 अर्ब 22 करोड 38 लाख रुपैयाँ बराबरको बस्तुहरु चीनबाट आयात गरिएको छ भने 88 करोड 90 लाख रुपैयाँ बराबरको बस्तुहरु निर्यात भएको अनलाइन खबरले लेखेको छ।

            अघिल्लो वर्षको यसै अवधिमा चीनसँगको व्यापार घाटा 16 अर्ब 20 करोड 66 लाख रुपैयाँ रहेको थियो। त्यतिबेला चीनसँगको व्यापार घाटा 10.9 प्रतिशतले घटेको थियो। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार तीन महिनामा चीनबाट रासायनिक मल, लसुन, सिल्कको कच्चा पदार्थ, सोलार प्यानल, स्टिल रड तथा पाता, पोलिष्टर धागो, रेडिमेट ग्रामेन्ट, जुत्ता–चप्पल, ब्याट्रि लगायतका वस्तुहरुको उच्च आयात भएको छ।

            चीनबाट सबैभन्दा बढी आयात हुनेमा दूरसञ्चार उपकरण तथा पार्टस रहेका छन्। जसको आयात तीन महिनाको अवधिमा 73.4 प्रतिशतले बढेर 4 अर्ब 58 करोड 66 लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको यसै अवधिमा 2 अर्ब 64 करोड 51 लाख रुपैयाँ बराबरको दूरसञ्चार उपकरण तथा पार्टस आयात भएको थियो।

            त्यसैगरि, यो तीन महिनामा खेलौना, सवारीसाधन तथा पार्टस, भिडियो टेलिभिजन तथा पार्टस, पेपर लगायतका वस्तुहरुको आयात उच्च भएको छ।

            निर्यात तर्फ नेपालबाट चीनमा मेटल तथा उलन हेन्डिक्राफ्ट, चाउचाउ, अन्य हस्तकला समाग्री, तयारी पोशाक, रुद्राक्क्ष, सिल्भर ज्वेलरी, टन्ड स्किन, उनी गलैंचा लगायतका वस्तुहरु उच्च निर्यात हुने वस्तुमा परेका छन्।

जानकारी तथा लेखहरु
सुझाउ