फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौँ उपत्यकामा विशेष सरसफाइ

(GMT+08:00) 2014-11-22 19:13:03
              दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क)को अठारौँ शिखर सम्मेलनको पूर्वतयारीको सिलसिलामा आज शनिबार विशेष सरसफाइ कार्यक्रम सुरु गरिएको छ। काठमाडौँ महानगरपालिका र ललितपुर उपमहानगरपालिकाका सबै वडामा मुख्य चोकमा सरसफाइ सुरु गरिएको हो। नयाँ बानेश्वरस्थित संविधानसभा भवन परिसर अगाडिबाट उपप्रधानमन्त्री प्रकाशमान सिंहले सो विशेष अभियानको शुभारम्भ गर्दै शिखर सम्मेलन देशकै प्रतिष्ठाको विषय भएकाले आफ्नो सहरलाई सफा राख्नुपर्ने बताउनुभएको राष्ट्रिय समाचार समितिले लेखेको छ।

             'सहर सफा राख्नामा सरकार र कामपा मात्र नभई सबै नगरवासीको जिम्मेवारी हो, यो अभियानलाई देशैभर लैजाने सरकारको कार्यक्रम छ', उहाँले भन्नुभयो। कामपा वडा नं 10 र 34 मा भएको विशेष कार्यक्रममा निजामती कर्मचारी, स्थानीय क्लब, टोल सुधार समिति, उपभोक्ता समिति, महिला समूह, स्वास्थ्यकर्मी, स्काउटका प्रतिनिधिलगायत सर्वसाधारणको सहभागिता थियो। नयाँ बानेश्वर चोकदेखि शङ्खमूल, बुद्धनगर, बिजुलीबजार, पुरानो बानेश्वर चोक र आसपासका क्षेत्रहरुमा सरसफाइ गरिएको छ।

जानकारी तथा लेखहरु
सुझाउ