फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी प्रतिरक्षा मन्त्री हेगलद्वारा राजीनामा

(GMT+08:00) 2014-11-27 18:32:44

    अमेरिकी राष्ट्रपति बाराक ओबामाले 24 तारिखका दिन प्रतिरक्षा मन्त्री चक हेगेलको राजीनामा स्वीकृत गर्नुभएको छ। डेमोक्रेटिक पार्टी मध्यकालीन निर्वाचनमा विफल भएपछि मन्त्री मण्डलबाट राजीनामा गर्नेमा हेगल प्रथम सदस्य हुनुहुन्छ।

    ओबामाले सोही दिन ह्वाइट हाउसमा सम्बोधन गर्दै अमेरिकी सेनाले अफगानिस्तानबाट फिर्ता भएको र "इस्लामिक स्टेट"माथि प्रहार गरेको जनाउँदै इबोलाको प्रतिरोधका क्षेत्रमा हेगलले हासिल गर्नुभएको उपलब्धिको प्रशंसा गर्नुभयो।

    त्यसपछि हेगलले आफ्नो कार्यावधिमा अमेरिकाले विश्व संकटको समाधान गरेको दावी गर्दै स्वदेशी महत्वपूर्ण सुधारको क्षेत्रमा प्राप्त गरेको उपलब्धिबारे उहाँलाई निकै गौरब लागेको कुरा बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ