फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतको केरुङ नाका आगामी महिना खुल्ने

(GMT+08:00) 2014-11-25 18:43:09
    तिब्बतको केरुङ भन्सार नाकाका प्रमुख वाङ लुङले 24 तारिख केरुङ नाकाको तयारी कार्य अन्तिम चरणमा प्रवेश भएको जानकारी दिँदै आगामी महिना ‌‌औपचारिक रुपमा खुल्ने बताउनुभएको छ। साथै उहाँले तिब्बतको सबैभन्दा ठूलो पहिलो स्थल नाकाको रुपमा केरुङ नाकाको समृद्धि पुनः देखापर्ने पनि विश्वास गर्नुभएको छ।

    चीनद्वारा निर्माण गरिएको नयाँ रसुवा पुल प्रयोगमा आइसकेको छ। केरुङ बस्तीबाट रसुवातर्फको कूल लम्बाइ 24 किलोमिटर राजमार्गको पुनः निर्माण परियोजनाका साथै नाकाको विजुली स्टेशनआदि आधारभूत प्रबन्धहरुको निर्माण परियोजना पूरा भइसकेको छ।

    केरुङ नाका नेपालको राजधानी काठमाडौंबाट 131 किलोमिटरको दूरीमा छ भने तिब्बतको इतिहासमा नेपालतर्फ खुलेको सबैभन्दा ठूलो स्थल नाकाहरुमध्येको एक हो।

जानकारी तथा लेखहरु
सुझाउ