फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आगामी मार्चदेखि श्रीलंका एयरले काठमाडौं–श्रीलंका सीधा हवाई उडान गर्ने निश्चित

(GMT+08:00) 2014-11-26 18:03:46

    आगामी मार्चदेखि श्रीलंका एयरले काठमाडौं–श्रीलंका सीधा हवाई उडान गर्ने निश्चित भएको छ। सार्क शिखर सम्मेलनमा सहभागी हुन मंगलबार काठमाडौं आएका श्रीलंकाका राष्ट्रपति महिन्दा राजापाक्षेले सोही दिन बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणका क्रममा सो जानकारी दिनुभएको हो। भ्रमणमै सँगै रहेको श्रीलंकाका विशिष्ट पाहुना तथा लंका सरकारले लुम्बिनीको विकास गर्न श्रीलंकामा गठन गरेको श्रीलंका लुम्बिनी विकास कोषका कोषाध्यक्ष अनुराधा विक्रमे सिंहले पनि आगामी मार्चदेखि श्रीलंका एयरले कोलम्बोदेखि काठमाडांै सीधै हवाई उडान सुरु गर्ने तयारी भइरहेको बताउनुभयो।

    राष्ट्रपतिसँग भ्रमणमा सँगै रहेका नेपालका लागि श्रीलंकाका राजदूत डब्लूएम सिनाभेथेरनाले पनि मार्चदेखि कोलम्बो काठमाडौं सीधा हवाई उडान सुरु हुने जनाएको लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायीसञ्जय बजिमयले बताउनुभयो।

    सिद्धार्थ होटल एसोसिएसन सानका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले कोलम्बो काठमाडौं सीधा हवाई उडान सुरु गर्ने आश्वासनले आफूहरू निकै उत्साहित भएको बताउँदै सीधा हवाई उडानले वार्षिक श्रीलंकन पर्यटक 1 लाख भन्दा बढी आउने बताउनुभयो। अहिले भारतीय भूमि हुँदै बेलहिया स्थल नाकाबाट वार्षिक 50 हजार बढी श्रीलंकन पर्यटक लुम्बिनी भ्रमणमा आउने गरेका छन्।

    नेपाल र श्रीलंका दुवै देशले कोलम्बो र काठमाडौं सीधा हवाई उडान सुरु गर्न सन् 2009 मा हवाई सेवा सम्झौता (एएसए) गरिसकेका छन्। सन् 1980 को दशकमा तत्कालीन शाही नेपाली वायुसेवा निगमले साप्ताहिक रूपमा कोलम्बो उडान गरे पनि त्यसपछि भने श्रीलंकामा भएको आन्तरिक द्वन्द्वका कारण उडान सेवा बन्द भएको थियो।

जानकारी तथा लेखहरु
सुझाउ