फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सार्कका लागि नेपाल गएका सरकार प्रमुख र प्रथम महिलाका लागि पुनर्ताजगी कार्यक्रम

(GMT+08:00) 2014-11-27 18:34:26
    18 औं सार्क शिखर सम्मेलनमा काठमाडौं आएका सरकार प्रमुखका 'प्रथम महिला' हरूले बिहीबार भक्तपुर घुमेका छन्। उनीहरूलाई परराष्ट्र मन्त्रालयकी सह-सचिव अम्बिकादेवी लुइँटेलको टोलीले स्वागत गर्नुभयो। भ्रमणको लागि पुगेको टोलीलाई पुरतत्व विभाग भक्तपुरले सुरुमा ब्रिफिङ गरेको थियो। त्यसपछि राष्ट्रिय कला संग्रहालयको भ्रमण पछि भक्तपुर उद्योग बाणिज्य संघले आयोजना गरेको हस्तकला प्रदर्शनीको अवलोकन गरेका छन्।

    यसैगरी सार्कको 18औँ शिखर सम्मेलनमा सहभागी सदस्य देशका राष्ट्राध्यक्ष र सरकार प्रमुख रिट्रिटका लागि काभ्रेको पर्यटकीय नगरी धुलिखेल पुगेका छन्। धुलिखेल नगरपालिकास्थित द्वारिकाज होटेलमा रिट्रिटको व्यवस्था मिलाइएको छ। विशिष्ट पाहुनालाई प्रधानमन्त्री सुशील कोइरालाले स्वागत गर्नुभएको थियो। सार्क राष्ट्रका राष्ट्राध्यक्ष/सरकार प्रमुखहरू हेलिकोप्टरबाट धुलिखेल पुग्नुभएको थियो। सम्मेलनमा सहभागी सहभागी हुन आउनुभएका अन्य अथितिहरु भने स्थल मार्गबाटै त्यहाँ पुग्नुभएको थियो।

    सार्कको 18औँ शिखर सम्मेलनमा उपत्यकाबाहिर पहिलोपल्ट रिट्रिटको व्यवस्था गरिएको हो। सार्कका राष्ट्रप्रमुखहरु अफगानिस्तानका असरफ घानी, माल्दिभ्सका अब्दुल्ला यामिन अब्दुल गैयुम, श्रीलङ्काका महिन्दा राजपाक्ष र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ, बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद र भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे रिट्रिटमा सहभागी हुनुभएको गोरखापत्र अनलाईनले जनाएको छ।

जानकारी तथा लेखहरु
सुझाउ