फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विभिन्न 10 देशका भाषाशास्त्रीहरु नेपालमा भेला

(GMT+08:00) 2014-11-27 18:35:38
    सार्क शिखर सम्मेलनकै बेला दस देशका भाषाशास्त्रीहरु कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय सेडा हलमा भाषाको बहस गर्दैछन्। भाषाविज्ञान समाज नेपाल (एलएसएन)ले हरेक वर्ष नोभेम्बर 26र 27 तारिखमा गर्दैआएको अन्तर्राष्ट्रिय भाषाविज्ञान सम्मेलनमा यसरी भेला भएका हुन्। 35औं वाषिर्क सम्मेलनमा नेपाल, भारत, बंगलादेश, बेलायत, अमेरिका, स्पेन, बेल्जियमलगायत मुलुकका भाषाशास्त्री अनुसन्धानकर्मीहरु सहभागी छन्।

    भाषाशास्त्रीले नेपाली, हिन्दी, अंग्रेजीलगाय विभिन्न 48 भाषाका विविध पक्षबारे कार्यपत्र प्रस्तुत गरेका छन्।

    नेपालमा बोलिने पाँच परिवारका 123 भाषा बोलिन्छ। तीमध्ये एक लोपोन्मुख कुसुन्डा भाषाको समेत चर्चा गरिएको छ। त्यस्तै, कुनै भाषा परिवारमा नरहेको सांकेतिक भाषाको वैज्ञानिक पक्षमा कार्यपत्र राखिएको छ।

    सम्मेलनमा सम्मेलनमा मुलुकका अन्य भाषाहरु दोलखा नेवार, मगर ढुट, दुरा, बोटे, मगर काइके, चेपाङ, राजी, ब्याँसीको कार्यपत्र प्रस्तुत गरेका छन्। त्यसैगरी किराती भाषाहरुअन्तर्गत लिम्बु, कोयी, चाम्लिङ, पुमा, मुगाली र फाङदुवालीको विशेषता तथा मुन्धुमी भाषाबारेमा चर्चा गरेका छन्। त्यसैगरी तराईमा बोलिन धिमाल, बज्जिका, मैथिली, भोजपुरी, थारु, उर्दूको विविध पक्षमा कार्यपत्र प्रस्तुत गरिएका छन्। साथै, नेपालको भाषा नीति, बहुभाषिक शिक्षाको अवस्थाबारेमा चर्चा गरेका छन्। त्यस्तै, विभिन्न विश्वविद्यालयका अनुसन्धाकर्मीले हिन्दी, तेलुगु, मराठी, बंगला, चुम, बोडो, मनिपुरी, लाम्बाडा, असामी, मलायालम, कोक्बोरोक, तामिललगायतको चर्चा गर्दैछन्। भाषावैज्ञानिकले विश्वव्यापीकरणको प्रभाव अन्तर्राष्ट्रिय समस्या बनेको र त्यसैका कारण भाषा लोप हुनुको कारण रहेको ठहरसहित चिन्ता व्यक्त गरेका छन्।

जानकारी तथा लेखहरु
सुझाउ