फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

उप चिनियाँ परराष्ट्र मन्त्री सार्क सम्मेलनमा सहभागी

(GMT+08:00) 2014-11-27 18:39:19

    दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्कको 18औं शिखर सम्मेलन 26 देखि 27 तारिखका दिनसम्म नेपालको राजधानी काठमाण्डौंमा आयोजना भएको छ। चीनले पर्यवेक्षक मुलुकको हैसियतमा यस सम्मेलनमा भाग लिएको छ। चीनको प्रतिनिधि मण्डलका प्रमुख एवम् चिनियाँ उप मन्त्री लिउ चन मिनले 26 तारिखका दिन उद्‌घाटन समारोहलाई सम्बोधन गर्दै चीन र दक्षिण एशियाको भविष्यसँग घनिष्ठ रुपमा सम्पर्क गर्दै आएको कुरा बताउनुभएको छ।

    उहाँका अनुसार चीन र दक्षिण एशियाका 8 वटा मुलुकमध्येको 5 वटा मुलुकहरु साझा सीमा भएका हुनाले चीन र दक्षिण एशियाको भविष्यसँग घनिष्ठ रुपमा सम्पर्क हुँदै आएको छ भने सन् 2006देखि दक्षिण एशियाको पर्यवेक्षक मुलुक बनेपछि चीनले अर्थतन्त्र तथा व्यापार, कृषि क्षेत्र, मानव संशाधन आदि क्षेत्रमा निरन्तर रुपमा दक्षिण एशियाको सहयोगलाई गहन पार्दै चीन-दक्षिण एक्स्पो र चीन-दक्षिण एशिया मुलुकको वैज्ञानिक मन्त्री स्तरीय सम्मेलन आदि कार्यक्रमको आयोजना गर्दै आएको छ। यसका साथै दक्षिण एशिया चीनको महत्वपूर्ण छिमेकी भएका हुनाले दक्षिण एशियाका विभिन्न मुलुकहरुलाई चीनले प्रस्तुत गरेको रेशमी मार्ग आर्थिक क्षेत्र र 21 औं शताब्दी समुद्री रेशमी मार्गको पहलमा सहभागिताका लागि स्वागत गर्ने कुरा पनि उहाँले गर्नुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ