फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेटोका सर्वोच्च सैन्य अधिकारीद्वारा युक्रेन सेनालाई सहायता दिने योजनाको तर्जुमा

(GMT+08:00) 2014-11-27 18:42:10
    युक्रेनको भ्रमणमा रहनुभएका नेटोका सर्वोच्च सैन्य अधिकारी अर्थात् यूरोपेली गठबन्धन सेनाका सर्वोच्च कमान्डर एवम् यूरोपका लागि अमेरिकी सेनाको मुख्यालयका कमान्डर फिलिप ब्रीडलभले 26 तारिख युक्रेनको सशस्त्र शक्तिको चाहनाको प्रत्याभूति गर्नका लागि नेटोले एक चौतर्फी योजनाको तर्जुमा गरिसकेको कुरा बताउनुभएको छ।

    सोही दिन कीवमा आयोजित पत्रकार सम्मेलनमा उहाँले उक्त कुरा बताउनुभएको हो।

    उहाँले हाल अन्तर्राष्ट्रिय समाजले युक्रेनलाई मद्दत दिन र कूटनैतिक उपायमार्फत् युक्रेनको सर्वभौमिकता र भूभागको अक्षुण्णताको प्रत्याभूति गर्ने प्रयास गरिरहेको कुरा बताउनुभयो। अमेरिकाले युक्रेनका नेताहरुसँग घनिष्ठ सहयोग गर्ने कुरा पनि उहाँले व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ