फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अन्तर्राष्ट्रिय पर्यटन बजारमा चिनियाँ पर्यटकको संख्या बढ्दै

(GMT+08:00) 2015-11-05 17:22:44

           श्री तलिब रिफाइले सन् 2013 मा जर्मन पर्यटकको संख्या धेरै भएकोमा अहिले चिनियाँ पर्यटकले उछिनेको बताउनुभयो। यो सँगै विश्वव्यापी अन्तर्राष्ट्रिय पर्यटन बजारमा विदेशी मुलुकको पर्यटन गर्न जानेमा चिनियाँ पर्यटकको संख्या सबैभन्दा धेरै भएको छ।

          "सन् 2013मा अन्तर्राष्ट्रिय पर्यटन बजार ‌‌ओगटेका पर्यटकहरु र हालको पर्यटकमा ठुलो परिवर्तन आएको छ। विदेशी मुलुकको पर्यटन जाने पर्यटकको संख्यामा सबैभन्दा ठूलो मुलुक चीन बनेको छ। चीनबाट आएका अन्तर्राष्ट्रिय पर्यटकहरुको संख्या करिब 9 करोड 80 लाख पुगेको छ साथै अन्तर्राष्ट्रिय पर्यटनका लागि गरिने खर्च 1 सय 28 अर्ब अमेरिकी डलर पुगेको छ। सन् 2012 अघि सबैभन्दा ठूलो तथा धेरै पर्यटकको संख्या भएको मुलुक सधैं जर्मनी रहँदैआएको थियो भने अहिले चीन बनेको छ। चालु बर्षको अघिल्लो महिनामा चीन 16 प्रतिशतको बृद्धि दरले अन्तर्राष्ट्रिय पर्यटकको सबैभन्दा ठूलो संख्यामा अझै पहिलो स्थानमा रहेको छ।

1 2 3 4 5
जानकारी तथा लेखहरु