फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

युवालाई एड्सप्रति सचेत रहन आव्हान

(GMT+08:00) 2015-11-15 16:50:05

        सँयुक्त राष्ट्र सँघको एउटा प्रतिवेदनका अनुसार सन् 2005देखि 2007 सालसम्म विश्वमा एड्सका कारण मृत्यु भएका मानिसहरुको संख्या तीस प्रतिशतले घटेको छ तर यस अवधिमा युवाहरुमध्ये एड्स रोग संक्रमित भएकाको संख्या पचास प्रतिशतले बृद्धि भएको छ। विश्वमा एड्स संक्रमित भएका युवाहरुमध्ये 80 प्रतिशतभन्दा बढीले दक्षिणी सहाराको अफ्रिकी क्षेत्रमा जीवनयापन गरिरहेका छन्। उदाहरणका लागि,नाइजेरियामा एड्स रोग संक्रमित भएका 31 अरब मानिसहरुमध्ये पचास प्रतिशत मानिसहरुको उमेर 24 वर्षको जवान अवस्थादेखि हो र अहिले एड्स रोग यस मुलुकका युवाहरुको मृत्युको मुख्य कारण बनेको छ।

        एड्स संक्रमित भएका मानिसहरुको जवानी मात्रै नभई लैङ्गिकविभेद पनि बढेको छ। सम्बन्धित तथ्यांक अनुसार तान्जानियामा 15देखि 19 उमेरसम्म भएका 1 लाख 60 हजार जना युवाहरुले एड्स रोग संक्रमण गरेका छन्,यसहरुमध्ये महिलाको संख्या 1 लाख जना जति छन्। मोजाम्बिकमा 15देखि 19 उमेर समूहका एड्सप्रभावित महिलाहरुको संख्या 7 प्रतिशत पुगेको छ।

1 2 3 4 5
जानकारी तथा लेखहरु