फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सन् 2026 को हिउँदे ओलम्पिक खेलकुदको आयोजना अधिकार:जापानको साप्प्रो शहर

(GMT+08:00) 2015-11-22 16:49:21

         आदर्णीय श्रोता यो चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवा हो। प्रत्येक सोमबार प्रसारण हुने नियमित कार्यक्रम इन्द्रेणीमा म संचालिका सरलाको नमस्कार। आजको कार्यक्रममा म सन् 2026 हिउँदे ओलम्पिक खेलकुदको आयोजनाअधिकार प्राप्त:जापानको साप्प्रो शहरका बारेमा केही सामग्री प्रस्तुत गर्दैछु।

         पैचिङले सन् 2022 सालको हिउँदे ओलम्पिक खेलकुदको आयोजना गर्न आवेदन गर्दै गरेको बेला जापानले सन् 2026को लागि आवेदन प्रक्रिया अघि बढाएको छ। जापानका संचारमाध्यमले जनाएअनुसार नोभेम्बर 27 तारिखका दिन जापानको होक्काइडोमा पर्ने साप्प्रो शहरले औपचारिक रुपमा सन् 2026 हिउँदे ओलम्पिक खेलकुदको आयोजना गर्न ओवेदन गरेको छ। ठोस विषय जापानस्थित चिनियाँ अन्तर्राष्ट्रिय रेडियोका स्थानीय पत्रकारले तयार पारेको एक रिपोर्ट सुनाउँनेछु।

         आदरणीय श्रोता,नोभेम्बर महिनाको 27 तारिखका दिन साप्प्रो शहरको संसद सम्मेलनमा शहरका मेयर फुमिओ युएदालेले सम्बोधन गर्दै भन्नुभएको छ कि साप्प्रो शहरले सन् 2026 हिउँदे ओलम्पिक खेलकुद र पारा ओलम्पिक खेलकुदको आयोजनाका लागि आवेदन दिने निर्णय गरेको छ।

         यस सम्बोधनमा उहाँले भन्नुभयो- साप्प्रोले सन् 1972 सालमा सफलतापूर्वक हिउँदे ओलम्पिक खेलकुदको आयोजना गरिसकेको छ। तर हिउँदे ओलम्पिक खेलकुदबाट मानिसहरुलाई दिएको रफ्तारबारे अहिलेको जवानहरुले बुझेका छैनन्।त्यसैले ओलम्पिक खेलकुदमार्फत बालबालिकालाई सपना र आशा दिनुका साथै शारीरिक शिक्षाको विकासलाई अघि बढाउने आशा गरेको उहाँले भन्नुभयो।

         "सन् 1972 सालमा साप्प्रो हिउँदे ओलम्पिक खेलकुदको आयोजना गर्ने एशियाको पहिलो शहर बनेको थियो।यस खेलकुदको सफल आयोजनामार्फत मानिसहरुले आफ्नो जन्मस्थललाई झन् माया गरेका छन् र अहिले साप्प्रो हिउँदे ओलम्पिक खेलकुद अझ पनि साप्प्रो शहरका जनताको गर्व बनेको छ। फरि एक पटक हिउँदे ओलम्पिक खेलकुदको आयोजना गर्नु सबै मानिसहरुको साझा सपना हुनुका साथै यस उद्देश्यका लागि संयुक्त रुपमा प्रयास गर्ने इच्छा गरेका छन्।"

         अहिले तपाई चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवा सुनिरहनुभएको छ। प्रत्येक सोमबार प्रसारण हुने नियमित कार्यक्रम इन्द्रेणीमा आज हामी जापानले हिउँदे ओलम्पिक खेलकुदको आयोजना गर्न आवेदन गरेको विषयमा सामग्री प्रस्तुत गरिरहेका छौं

         साप्प्रो हिउँदे ओलम्पिक खेलकुद आयोजित भएपछि जापानको नागानो जिल्लाले सन् 1998 सालमा हिउँदे ओलम्पिक खेलकुदको आयोजना गरेको थियो।यस पटकको आवेदन सफल भएमा यो जापानले हिउँदे ओलम्पिक खेलकुदको आयोजना गर्न लागेको तेस्रो पटक हुनेछ।साप्प्रो शहरले हिउँदे ओलम्पिक खेलकुदको आयोजना गर्न आवेदन गर्ने समाचार सुनेपछि हिउँदे शारीरिक शिक्षामा संलग्न भएका मानिसहरुलाई एकदमै खुसी तुल्याएको छ। म्साहिको हारादाले विश्वविजेतालाई जापानमा हुइँक्याउन आग्रह गर्नुभयो।

         "मलाई निकै खुसी लाग्यो। होक्काइडो ओलम्पिक खेलकुद देख्नचाहन्छु। अहिलेदेखि नै उत्साह जाग्न थालेको छ।"

         साप्प्रो ओलम्पिक खेलकुदमा स्की जम्पीङ्गमा कास्य पदक हासिल गर्नुभएका जिम ये जाउ छिले त्यो बेलाको सम्झना गर्दै आफूलाई उत्साहित बनाएको बताउनुभयो। उहाँले भन्नुभयो-स्वदेशका दर्शकको सामु ओलम्पिक खेलकुदमा संलग्न हुन पाउने उत्साहले गर्व लागेको छ र ओलम्पिक खेलकुदबाट यस शहरमा पनि ठूलो परिवर्तन ल्याएको छ।

          "यो 40 वर्षअघिको कुरा हो।त्यस ओलम्पिक खेलकुदले गर्दा साप्प्रोमा ठूलो परिवर्तन गरिएको थियो।यस पटकको आयोजनाका लागि आवेदन सफल हुनेमा म आशावादी छु यस पटकले हामीलाई अचम्मको परिवर्तन देखाउन सक्छौं होला।"

          सन् 1972को हिउँदे ओलम्पिक खेलकुद आयोजना गर्नका लागि आधारभूत प्रबन्धको निर्माण गर्न समेत जापानले जम्मा 2 हजार खरब जापानी येन लगानी गरेको छ।आयोजनाका लागि साप्प्रोमा सव वेको निर्माण, नयाँ शहश्राब्दी विमानस्थलदेखि शहरसम्मको राजमार्ग निर्माण आदि गरेको छ। आवेदनको घोषणादेखि सफल आयोजनाको 11 वर्षमा जनसंख्या 1 दशमलव 7 गुणाले बृद्धि भएको छ।यसबाट साप्प्रोलाई जनसंख्या 10 लाखभन्दा बढी शहर बनाइएको छ।

          यो समाचार सार्वजनिक भएपछि स्थानीय जनताको विचारमा ओलम्पिक खेलकुदको आयोजना गर्न आवेदन गरेको कुराबटा उत्साह ल्याइएको छ। साप्प्रो शहरले अक्टोबर महिनामा गरेको सर्वेक्षणका अनुसार साप्प्रोका धेरैजसो सर्वसाधारणले यसलाई स्वीकार गरेका छन्।

          "हिउँदे ओलम्पिक खेलकुदको आयोजनाको अवधिमा विश्वकाधेरै मानिसहरु साप्प्रो आउने छन्।साप्प्रोलाई सक्रिय असर प्राप्त हुनेछ।

          हवस्त श्रोता यसका साथै आजको लागि यो प्रस्तुती यही सकिन्छ।अर्को साता हामी यसै कार्यक्रमार्फत फेरि भेटौंला।सि आर आई नेपाली सेवाका अन्य कार्यक्रम पनि सुन्दै गर्नुहोला।म सरलालाई भने विदा दिनुहोस् नमस्ते।

जानकारी तथा लेखहरु