फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

साधारण विद्यालय क्वाङ सीमा पढेका पाकिस्तानी विद्यार्थी

(GMT+08:00) 2015-11-28 15:32:44

           आदरणीय श्रोता,अहिले तपाइँ सिआरआई नेपाली सेवाबाट शुक्रबारको नियमित कार्यक्रम आँखीझ्यालमा सुनिरहनुभएको छ। आजको आँखीझ्यालमा हामी क्वाङ सीमा अध्ययनरत पाकिस्तानी विद्यार्थीका बारेमा केही सामग्री प्रस्तुत गरिरहेका छौं।

           क्वी लिन शहरमा अध्ययनरत अर्को पाकिस्तानी विद्यार्थी मारुक हुन्। उनी पहिलो पटक चीन आएपछि उनमा चीनप्रतिको छाप एकदमै गहिरो रुपमा परेको कुरा सुनाउनुभयो।

           "क्वी लिन शहर निकै सफा र प्राकृतिक दृश्य निकै सन्दर छ। बोटबिरुवा रुख धेरै भएका हुनाले सबै ठाउँमा हरियो देख्न सकिन्छ।क्वाङ सी साधारण विद्यालय पनि एउटा नामी विद्यालय भएको छ,र यहाँको विभिन्न प्रबन्ध पनि आधूनिक र राम्रो छ।"

           हाल असाद लगायत यी तीन जनाले क्वाङ सी साधारण विद्यालयमा एक वर्ष पढिसक्नुभएको छ। उहाँहरुले क्वी लीनमा वितेको पढाइ र जीवन सम्बन्धी खुसी अनुभव सुनाएपछि उहाँहरुका पाकिस्तानी साथी अतीफ,रिजवान र काशफले वेग्ला वेग्लै रुपमा चीन सरकारको छात्रबृत्ति आवेदन गर्नुभएको छ। र त्यसपछि पाकिस्तानको खाइबर पाश्थुन Khyber Pashtun प्रान्तबाट चीनको क्वाङसी प्रान्तमा पर्ने क्वी लिनमा पढ्न आउनुभएको छ। क्वी लिनमा दुई महिना आएपछि अटिफले आफ्नो घर जस्तैको भावना खोज्नुभएको छ।

           "मेरो विचारमा यो मेरो जन्मस्थल जस्तै लाग्छ। धेरै रुख छन् र सबै ठाउँमा हरियो देखिन्छ,आनन्द लाग्छ। मेरो घरभन्दा कुनै पनि फरक छैन।त्यसैले यहाँमा बसेर खुसी लाग्छ।"

           सबै विदेशी विद्यार्थी जस्तै चीन आएपछि धेरै कठीनाइ पनि देखा परेका छन्। उमेरको कारणले भाषा उहाँहरुको सबैभन्दा कठीन विषय भएको छ।

           "हामीले यहाँ आउनुअघि पाकिस्तानका चीनबारे थाहा पाएका मानिस नभएकाले कुनै जानकारी पाउन सकेनौं। त्यसैले यहाँ आएपछि भाषा हाम्रो लागि सबभन्दा कठिनाइ बन्यो। भर्खरै आएको बेला हामीले कुनै पनि चिनियाँ भाषा बोल्न सक्दैन थियौं। तर शिक्षक-शिक्षिकाहरुले हामीलाई ठूलो मद्दत दिनुभएको छ।"

           स्कूलका गुरुको मद्दतबाहेक, चिनियाँहरुको हार्दिक र मित्रताबाट असाद र साथीहरुको मन पनि छोएको छ।

           अहिले त भाषा भने उहाँहरुका लागि समस्या छैन।बिस्तारै विस्तारै रुपमा उहाँहरुले चिनियाँ भाषा बोल्न जान्नुहुन्छ।असादले चिनियाँ भाषाद्वारा हामीलाई उहाँको पढ्ने र सफलता पाउने स्थितिबारे जानकारी दिनुभयो।

           "म क्वी लिन आएको एक वर्ष भयो,शुरुमा मैले चिनियाँ भाषा पढें र अहिले मैले मेरो मुख्य विषय पढ्न थालेको छु। मेरो मुख्य विषय भनेको अन्तर्राष्ट्रिय व्यापार हो। कक्षा नभएको मौकामा म पुस्तकालयमा पनि जाने गर्छु।"

           हवस्त श्रोता यसका साथै आजको लागि यो प्रस्तुती यही सकिन्छ।अर्को साता हामी यसै कार्यक्रमार्फत फेरि भेटौंला।सिआरआई नेपाली सेवाका अन्य कार्यक्रम पनि सुन्दै गर्नुहोला। म सरलालाई भने विदा दिनुहोस् नमस्ते


1 2
जानकारी तथा लेखहरु