फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका प्रधानमन्त्री लीद्वारा पाकिस्तानका प्रधानमन्त्रीलाई संवेदना सन्देश

(GMT+08:00) 2014-12-17 19:19:55

        पाकिस्तानमा हिजो भएको आतङ्कवादी आक्रमणप्रति चीनका प्रधानमन्त्री ली ख छ्याङले आज बुधबार पाकिस्तानका प्रधानमन्त्री नवाज शरिफलाई संवेदना सन्देश पठाउनु भएको छ।

         प्रधानमन्त्री लीले पाकिस्तानमा गम्भिर आतंकबादी आक्रमण भएको र विद्यार्थीहरु लगाएका धेरै नागरिकको मृत्यु भएको उल्लेख गर्दै पाकिस्तानी प्रधानमन्त्री र पाकिस्तान सरकारलाई यस पटकको आक्रमणमा मृत्यु भएका नागरिकप्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्नुभएको छ।

         प्रधानमन्त्री लीले चीन र पाकिस्तान आतंकबादका शिकार हुँदै आएको पनि स्मरण गर्नु भएको छ। उहाँले राष्ट्रको सुरक्षा र स्थिरताका लागि पाकिस्तान सरकार र जनताद्बारा चालिने प्रयासालाई चीनले कडा समर्थन गरिरहेको कुरामा जोड दिनुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ