फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-मध्य पूर्व यूरोप तेस्रो वार्तामा चीनका प्रधानमन्त्री ली सहभागी

(GMT+08:00) 2014-12-17 19:20:17
       स्थानीय समय अनुसार हिजो सोह्र तारिख दिउँसो बेलग्रेडमा चीन-मध्य पूर्व यूरोपका नेता बीचको तेस्रो वार्तामा प्रधानमन्त्री ली ख छ्याङ सहभागी हुनुभएको छ। मध्य पूर्व यूरोपका सोह्र मुलुकका नेता सो वार्तामा सहभागी भएका छन्। वार्तामा विभिन्न पक्षले चीन र मध्य पूर्व यूरोप बीचको सहयोगलाई सबल पार्नेबारे गहन रुपमा छलफल र समझदारी सम्पन्न भएको छ।

         प्रधानमन्त्री लीले हालै विश्व राजनीतिक र आर्थिक परिस्थिति जटिल बनेको तर शान्ति र विकास विश्वको अति आवश्यक विषय रहेको भन्दै चीनले शान्ति र विकासको बाटोमा आफ्नो अडान कायम राखेको बताउनुभयो। उहाँले चीनले मध्य पूर्व यूरोपका मुलुक लगायत विभिन्न मुलुकसँग विश्वको दिगो विकास, समृद्धि र स्थिरता बढाउन सक्दो प्रयास गर्ने औंल्याउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ