चीनको वाणिज्यमन्त्रालयका प्रवक्ता शन तान याङले चीनको वैदेशिक सहायता खुला तथा पारदर्शी र वैज्ञानिक व्यवस्थापनमा अडिग रहेको भन्दै जनजीवनलाई मुख्य विषयमा राखिएको जानकारी दिनुभयो।
हिजो सोह्र तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता शनले उक्त कुरा बताउनुभएको हो। उहाँका अनुसार, सन् 2010 देखि सन् 2012 सम्म चीनले प्रदान गरेको वैदेशिक सहायता रकममध्ये लगभग असी प्रतिशत गरिबी निवारण, शिक्षा, स्वास्थ्य, खेलकुद, संस्कृति, यातायात आदि जनजीवन र आवश्यक प्रबन्ध क्षेत्रमा लगाइएको छ। चिनियाँ सहायता पाउने मुलुकको विकास रणनीतिबमोजिम तिनीहरुसँग संयुक्त रुपमा तीनदेखि पाँच वर्षको सहायता योजनाको तर्जुमा गर्दै आएको छ। सहायता लिने मुलुकले योजनाबमोजिम ठोस प्रस्तान उठाउने र त्यसपछि चीनले विशेषज्ञलगायत टोली पठाएर योजनाको सम्भाव्यताको अनुसन्धान गर्छ। सम्भाव्यता भयो भने दुवै पक्षले जरुरी ठानेका विषयमा प्राथमिकताका साथ सहायता प्रदान गरिन्छ।