फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पाकिस्तानमा भएको आतंकबादी आक्रमणको अन्तर्राष्ट्रिय समाजद्वारा कडा निन्दा

(GMT+08:00) 2014-12-17 19:21:11

        उत्तर-पश्चिमी पाकिस्तानी पेशावार शहरमा पर्ने एक सैन्य स्कुलमा हिजो सोह्र तारिख सशस्त्र शक्तिले आक्रमण गरेको थियो। सो आक्रमणमा परी कम्तिमा एक सय एकचालीस जनाको मृत्यु भएको छ। मृतकमध्ये एक सय बत्तीस जना विद्यार्थी र नौ जना शिक्षक रहेका छन्। पाकिस्तानी तालिबानले उक्त आक्रमणको जिम्मा लिएको छ। अन्तर्राष्ट्रिय समाजले सो हत्याकाण्डको कडा निन्दा र भत्सर्ना गरेको छ।

        पाकिस्तानका राष्ट्रपति मामनुन हुसेन र प्रधानमन्त्री नवाज शारिफले उक्त हत्याकाण्डको कडा निन्दा गर्नुभएको छ। पाकिस्तानी सरकारले आगामी तीन दिनसम्म मृतकहरुको सम्झनामा शोक मनाउने घोषणा गरेको छ।

          संयुक्त राष्ट्र संघका महासचिव बान की मुनले सो आक्रमणको कडा निन्दा गर्दै आक्रमकारीलाई पक्राउ गर्न पाकिस्तान सरकारलाई ताकिता गर्नु भएको छ।

          अमेरिकाका राष्ट्रपति बाराक ओबामाले एक वक्तव्यको प्रकाशित गरी पाकिस्तानमा भएको बम आक्रमणको कडा निन्दा गर्नु भएको छ। ओबामाले अमेरिकाले आतंकबादी र अतिवादीमाथि प्रहार गरी क्षेत्रीय शान्ति र स्थिरता बढाउन पाकिस्तान सरकारलाई समर्थन दिने कुरामा जोड दिनुभएको छ।

         चीनका परराष्ट्रमन्त्रालयका प्रवक्ता छिन काङले सो घटनाले चीनलाई निकै दुःखी बनाएको भन्दै त्यसको कडा निन्दा व्यक्त गर्नुभयो। चीनले कुनै पनि किसिमको आतंकबादको विरोध गरी आतंकबादीमाथि प्रहार र देशको स्थिरताको संरक्षण गर्न पाकिस्तान सरकार र जनताका प्रयासमाथि समर्थन दिने पनि उहाँले उल्लेख गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ