फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पर्यटकका लागि आकर्षक गन्तव्यः बौद्ध स्तूपा

(GMT+08:00) 2014-12-18 18:33:30

        विश्व सम्पदा सूचीमा सूचीकृत बौद्व धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल काठमाडौँको बौद्ध स्तूपा स्वदेशी तथा विदेशी पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ। राष्ट्रिय समाचार समितिका अनुसार अनुपम् सांस्कृतिक सम्पदाका रूपमा रहेको यो स्तुपामा बढी मात्रामा नेपालीहरू जाने भए पनि पछिल्लो समयमा विदेशी पर्यटक उत्तिकैमात्रामा आउने गरेका छन्।

        बौद्घनाथ क्षेत्र विकास समितिका अनुसार आर्थिक वर्ष 2066/67 यता स्तूपा भ्रमणका लागि आउने बाह्य पर्यटकको सङ्ख्या 12 लाख 25 हजार 539 पुगेको छ। त्यसमा पनि सार्क राष्ट्रबाट चार लाख 16 हजार 384 सङ्ख्यामा पर्यटक स्तूपामा भित्रिसकेका छन् भने अन्य राष्ट्रबाट आठ लाख नौ हजार 155 को सङ्ख्यामा पर्यटक स्तूपामा आएको तथ्याङ्क छ।

        आर्थिक वर्ष 2070/71 मा मात्रै सार्क राष्ट्रबाट आउने पर्यटक सङ्ख्या नौ लाख तीन हजार 412 र अन्य राष्ट्रबाट आउने पर्यटकको सङ्ख्या एक लाख 70 हजार 755 गरी कुल सङ्ख्या दुई करोड छ लाख चार हजार 167 रहेको छ।

        यो सङ्ख्या आर्थिक वर्ष 2069/70 को तुलनामा 11 हजार 502 को सङ्ख्याले बढेको देखिन्छ। स्तूपाको सम्बद्र्घन र संरक्षणमा बौद्घनाथ क्षेत्र विकास समिति तथा बौद्घ घ्याङ गुठी समाजलगायत संस्था कार्यरत छन्।

        बौद्घ स्तूपाको व्यवस्थापनमा बौद्घनाथ क्षेत्र विकास समिति दत्तचित्त भई लागिपरेको समितिका अध्यक्ष सुवर्णकुमार लामा बताउनुहुन्छ। "पहिलेको जस्तो समस्या धेरै छैनन् तापनि कहिलेकाहीँ महानगरपालिकाले भूस्याहा कुकुरको व्यवस्थापन नगरिदिँदा समस्या आउँछ, स्तूपाको फोहोर नियन्त्रण गर्न कूचीकारको व्यवस्था गरेका छौँ र बौद्घ सरसफाइ केन्द्रसँग सफाइ कार्यमा सहयोग लिएका छौँ", लामाले भन्नुभयो।

       समितिले पर्यटकलाई स्व–सचेत हुन जानकारीमूलक पर्चा र ठाउँठाउँमा सूचनापार्टी राखेको छ । यही वर्षमात्रै समितिले स्तूपामा वज्र प्लास्टरदेखि म्हानेको सरसफाइमा करिब रु 45 लाख खर्च गरेको छ।

       संस्कृति मन्त्रालयबाट बर्सेनि रु चार/पाँच लाखको आर्थिक सहयोग आउने भए पनि पर्याप्त नहुने समितिको भनाइ छ। पर्यटक शुल्कबाट उठेको रकमले कर्मचारीलाई तलब दिनेलगायतका विविध कार्यक्रम समितिले गर्दै आएको छ।

       वास्तवमा बौद्घनाथ क्षेत्रको व्यवस्थापनमा समितिले पैसा खर्चने भए तापनि समयसमयमा विभिन्न सङ्घसंस्थाले आर्थिक सहयोगको आह्वान गर्न आउने हुँदा समस्या पर्ने अध्यक्ष लामाको गुनासो छ । यही वर्षदेखि बाह्य पर्यटकबाट लिने शुल्क समितिले बताएको छ ।

       सार्क राष्ट्रका लागि नेपाली 50 रुपैयाँ र अन्य देशका पर्यटकका लागि रु 200 तोकिएको छ । विदेशी पर्यटकका लागि शौचालय भर्खरै बनेको छ भने स्वदेशी पर्यटकका लागि शौचालय निर्माणाधीन छ।

जानकारी तथा लेखहरु
सुझाउ