फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रोजगारीका लागि दैनिक 15 सय नेपाली विदेश जान्छन्

(GMT+08:00) 2014-12-18 18:42:54

        नेपालभित्र पर्याप्त रोजगारीको अवसर नभएकाले दैनिक करिब एक हजार पाँच सय नेपाली रोजगारीको लागि विदेशिनु परेको छ। वैदेशिक रोजगार विभागका अनुसार आव 2050/051 देखि 2070/071 सम्म श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा जाने कूल नेपालीहरूको सङ्ख्या 34 लाख 47 हजार 56 पुगिसकेको राष्ट्रिय समाचार समितिले लेखेको छ।

        रोजगारीका लागि विदेश जाने पुरुषको सङ्ख्या 33 लाख 32 हजार 8 सय 76 रहेको छ भने महिलाको सङ्ख्या एक लाख 14 हजार 1 सय 80 रहेको छ। यसबाहेक शिक्षा, व्यापार, विवाह आदि कारणले विदेश जानेहरू तथा भारतमा रोजगारीका लागि गएका नेपालीहरूको सङ्ख्यालाई अभिलेख गर्न सकेको खण्डमा यो सङ्ख्यामा अझै वृद्धि हुने देखिन्छ।

        बि.स.2068 को जनगणना प्रतिवेदनले पनि देश बाहिर रहेका नेपालीहरूको कूल सङ्ख्या 19 लाख 17 हजार नौ सय तीन (जसमध्ये पुरुष 86.7 र महिलाको सङ्ख्या 13.3 प्रतिशत) रहेको देखाएको छ। श्रम तथा रोजगार मन्त्रालयका सचिव सूर्य श्रेष्ठले वैदेशिक रोजगारमा सङ्लग्न कामदारको अधिकार संरक्षण र प्रवर्द्धन गर्न बनेको वैदेशिक रोजगार नीति, 2068 र वैदेशिक रोजगार ऐन, 2064 ले वैदिशिक कामदारका सबै विषयलाई समेट्न नसकेको हुँदा त्यसलाई समयअनुसार संशोधन गर्नुपर्ने बताउनुभयो।वैदेशिक रोजगार प्रवर्द्धन वोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले चाहेर वा नचाहेर वैदेशिक रोजगारीका लागि विदेश जाने युवाहरू वैदेशिक रोजगारीबाट फर्किएपछि उनीहरूलाई नेपालमै पुनःस्थापना गरिनुपर्ने बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ