फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र नेपालबीच "रेशमी मार्ग आर्थिक क्षेत्र" निर्माणमा हस्ताक्षर

(GMT+08:00) 2014-12-18 10:06:27
        चीनका उप वाणिज्य मन्त्री काउ यान र नेपालको अर्थ मन्त्रालयका सचिव सुमन प्रसाद शर्माले हिजो 17 तारिख पैचिंगमा चीन-नेपाल आर्थिक तथा व्यापारिक संयुक्त आयोगको एघारौं सम्मेलनको अध्यक्षता गर्नुभयो। सम्मेलनपछि काउ यान र शर्माले "चीन-नेपाल आर्थिक तथा व्यापारिक संयुक्त आयोगको प्रारुपमा "रेशमी मार्ग आर्थिक क्षेत्र" निर्माणलाई संयुक्त रुपमा अगाडि बढाउने सम्बन्धमा जन गणतन्त्र चीनको वाणिज्य मन्त्रालय र नेपाल सरकारको समझदारी स्मृत्ति-पत्र"मा हस्ताक्षर गर्नुभएको छ।

       दुई पक्षबीच "रेशमी मार्ग आर्थिक क्षेत्र" संयुक्त रुपमा निर्माण, व्यापार तथा लगानीको सहयोग, आर्थिक तथा प्राविधिक सहयोग, आधारभूत प्रबन्धको निर्माण, बैकिङ र पर्यटन व्यवसायको सहयोगआदि विषयहरुबारे सहमति भएको छ।

       काउ यानकाअनुसार, धेरै वर्षयता चीनले नेपालको आर्थिक तथा सामाजिक विकासका लागि मद्दत दिएको छ। चिनियाँ उद्योग-व्यवसायहरु परियोजनाको ठेक्का तरीकामार्फत नेपालको यातायात, विद्युतआदि आधारभूत प्रबन्धको निर्मणमा सक्रियताका साथ संलग्न भएका छन्।

       अर्थसचिव शर्माले नेपालले चीनसँग अर्थतन्त्र तथा व्यापार क्षेत्रको सहयोगात्मक सम्बन्धको विकास गर्न महत्व दिइरहेको कुरा बताउनुभयो। नेपाले चीनसँग "रेशमी मार्ग आर्थिक क्षेत्र"को निर्माणलाई संयुक्त रुपमा अगाडि बढाउने मनसाय लिएको र लामो समययता नेपालको आर्थिक तथा सामाजिक विकासमा दिएको मद्दतप्रति कृतज्ञाता ज्ञापन गरेको कुरा उहाँले पनि बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ