फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रुवल विनिमय दरलाई स्थिर बनाउन रुसी सरकारको कदम

(GMT+08:00) 2014-12-18 10:48:11

        केही दिनदेखि रुसी मुद्रा रुवलको विनिमय दर गिरेपछि अन्तर्राष्ट्रिय जगतले रुसको अर्थतन्त्रप्रति चिन्ता व्यक्त गरेको छ। रुवल विनिमय दर स्थिर गर्नका लागि रुसी सरकारले आवश्यक कदम चलाए पनि त्यसको प्रभाव देखिएको छैन।

        रुसी केन्द्रीय बैंकले हिजो सत्र तारिख एउटा घोषणा-पत्र सार्वजनिक गरेको छ। सो घोषणा-पत्रमा रुवलको विनिमय दरलाई स्थिर गर्न रुसी मौद्रिक संस्थालाई समर्थन गर्नका लागि रुसी केन्द्रीय बैंकले सहयोग गर्ने उल्लेख छ।

        हिजै रुवलको गिराव रोक्नका लागि रुसी अर्थ मन्त्रालयले बजारमा सात अर्ब अमेरिकी डलर विदेशी मुद्रा बेचेको छ।

       यसबाहेक रुसी प्रधानमन्त्री दमिट्री मेदभेदेवले सत्र तारिख आकस्मिक बैठक बोलाउँदै रुवलको विनिमय दरलाई स्थिर गर्न निर्देशन दिनु भएको थियो।

जानकारी तथा लेखहरु
सुझाउ