फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतद्वारा मानवरहित अन्तरिक्ष यानको सफलताका साथ प्रक्षेपण

(GMT+08:00) 2014-12-18 15:50:24

       भारतीय अन्तरिक्ष अनुसन्धान संगठनले आज 18 तारिख बिहीबार जनाएअनुसार, मानवरहित अन्तरिक्ष क्याप्सुल बोकेको भारतीय नयाँ ढाँचाको ठूलो रकेट आजै सफलताका साथ प्रक्षेपण गरिएको छ। सो अन्तरिक्ष यानबाट क्याप्सुल छुट्टिएर समुद्रमा सफल रुपमा अवतरण भएको छ।

      आज विहान प्रक्षेपण गरिएको सो रकेट भारतद्वारा अनुसन्धान गरिएको "जी.एस.एल.वी. एम.के-तीन" ढाँचाको रकेट हो। यो रकेटको वजन छ सय तीस टन रहेको छ। उक्त रकेट दक्षिणी भारतको आन्द्र प्रदेशस्थित श्रीहरिकोटा टापुबाट प्रक्षेपण गरिएको छ।

       भारतीय अन्तरिक्ष अनुसन्धान संगठनका अधिकारीकाअनुसार, आज भारतीय अन्तरिक्ष विकासको इतिहासमा ज्यादै महत्वपूर्ण दिन रहेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस पटकको सफल प्रक्षेपणलाई बधाई दिनुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ