फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सीद्बारा दक्षिण कोरियाली संसदका प्रमुखसँग भेट-वार्ता

(GMT+08:00) 2014-12-18 19:15:52

       चीनका राष्ट्राध्यक्ष सी चिन फिङले आज अठार तारिख बिहीबार पैचिंगमा दक्षिण कोरियाली संसदका प्रमुख छुङ यी-ह्वासँग भेट-वार्ता गर्नुभयो।

       राष्ट्राध्यक्ष सीले चीन र दक्षिण कोरियाबीचको सम्बन्धलाई उच्च महत्व दिएको बताउनुभयो। दुवै मुलुक बीचको सम्बन्धको विकास धेरै राम्रो रहेको पनि राष्ट्राध्यक्ष सीले उल्लेख गर्नुभयो। उहाँले गत महिना एशिया प्रशान्त आर्थिक सहयोग संगठनको अनौपचारिक सम्मेलनमा आफू र दक्षिण कोरियाका राष्ट्रपति पार्क गुइन ह्वेबीचमा धेरै विषयमा सहमति सम्पन्न भएको औंल्याउनुभयो। दुवै पक्षले संयुक्त प्रयास गर्दै ती सहमतिहरुलाई सकारात्मक रुपमा कार्यान्वयन गर्नु पर्ने कुरामा राष्ट्राध्यक्ष सीले जोड दिनुभयो।

       दक्षिण कोरियाली संसदका प्रमुख छुङ यी-ह्वाले दक्षिण कोरियाको संसदले चिनियाँ राष्ट्रिय जन कंग्रेससँगको सम्बन्धलाई सबल पार्ने, दुवै मुलुकका नेताद्बारा सम्पन्न भएको विभिन्न सहमतिलाई संयुक्त कार्यान्वयन गर्ने र दुवै मुलुक बीचको सम्बन्धलाई उच्च स्तरमा पुर्‍याउने आशा राखेको बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ