फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"चीनको सुधारको चौतर्फी गहन" पुस्तक विभिन्न विदेशी भाषामा प्रकाशित

(GMT+08:00) 2014-12-18 19:17:28

       "चीनको सुधारको चौतर्फी गहन" शीर्षकको पुस्तक विभिन्न विदेशी भाषामा पनि प्रकाशन भएको छ। विदेशी भाषा प्रकाशन प्रेसद्वारा ‌‌‌औपचारिक रुपमा प्रकाशित गरिएको सो पुस्तक अंग्रेजी, फ्रान्सेली, स्पेनी, जापानी, रुसी र अरबी गरी छ भाषामा उपलब्ध छ।

       सो पुस्तकमा सी चिन फिङ्गले सन् 2012 को नोभेम्बर 15 तारिखदेखि सन् 2014 को अप्रिल 1 तारिखसम्म दिनुभएको भाषण, सम्बोधन, आदेशलगायत महत्वपूर्ण दवस्तावेजहरु समावेश छ।

      "सुधारको चौतर्फी गहन" को विदेशी भाषा संस्करणले विदेशी पाठकलाई चीनका सर्वोच्च नेताको आधिकारिक टिप्पणीमार्फत चीनले सुधारलाई चौतर्फी रुपमा गहन पार्ने पृष्ठभूमि, लक्ष्य, अर्थ र प्रभावबारे जानकारी दिन सहयोग पुर्‍याउने छ।

जानकारी तथा लेखहरु
सुझाउ