फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पाकिस्तानमा चार महिनादेखि जारी सरकार बिरोधी आन्दोलन टुङ्गियो

(GMT+08:00) 2014-12-18 16:18:39
       पाकिस्तानी संचार माध्यमका अनुसार, पाकिस्तानी विपक्षी पार्टी पाकिस्तान तेरिक-ए-इन्साफका नेता इमरान खानले हिजो सत्र तारिख बुधबार चार महिनादेखि जारी रहेको सरकारलाई विरोधी आन्दोलन सकिएको घोषणा गर्नुभयो।

       नेता इमरान खानले राजधानी इस्लामाबादमा आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै सरकार विरोधी आन्दोलन सम्पन्न भएको निर्णय दिनुभयो। उहाँले गत वर्षको आमनिर्वाचनबारे उचित जाँचबुझ गने फेरि एक पटक माग गर्नुभएको छ। यदि जाँचबुझ समितिले आमनिर्वाचनमा धाँधली रहेको पुष्टि गरेमा नवाज शरिफले प्रधानमन्त्रीबाट राजीनामा दिनु पर्ने कुरामा उहाँले जोड दिनुभयो।

       पाकिस्तानका प्रधानमनत्री नवाज शरिफले इमरान खानको निर्णयलाई स्वागत गर्नुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ