फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

असल छिमेकीको नाताले चीन नेपालको पक्षमा

(GMT+08:00) 2014-12-27 18:41:53

        कूटनीतिक सम्बन्धमा छिमेकीलाई महìव दिने नीति लिएको चीनले नेपालसँगको सम्बन्धलाई 'विशेष महत्वव दिएको' छ। पछिल्लोपटक दुई देशको सम्बन्धलाई निकै महìव दिँदै निरन्तर उच्चस्तरीय भ्रमण गराइरहेको चीनले औपचारिक रूपमै नेपालसँगको सम्बन्धलाई विशेष महìव दिएको बताएको छ।

        नेपाल भ्रमणमा रहनुभएका चिनियाँ विदेशमन्त्री वाङ यीले शुक्रबार साँझ चीनको विदेशनीतिबारे जानकारी गराउँदै 'एउटा असल छिमेकीको नाताले चीनले नेपालसँगको सम्बन्धलाई विशेष प्राथमिकतामा राखेको' बताउनुभयो। उहाँले दुई देशबीच रहेको 60 वर्ष पुरानो सम्बन्धको समीक्षा गर्दै आगामी दिनमा आपसी सम्बन्ध कसरी अगाडि बढाउन सकिन्छ भन्ने योजना बनाउने उद्देश्यले आफू नेपाल भ्रमणमा आएको बताउनुभयो।

       नेता, कूटनीतिज्ञ, उच्च सरकारी अधिकारीलगायतको उपस्थिति रहेको कार्यक्रममा वाङले भन्नुभयो, "फरकफरक आकारका छिमेकीबीच पनि कसरी साँच्चि नै एकअर्काको सम्मान गर्ने गरी आपसी सम्बन्ध दरिलो बनाउन सकिन्छ भन्ने यो राम्रो उदाहरण हो। " चीनमा नयाँ सरकार गठन भएपछि छिमेकीसँगको सम्बन्धलाई विशेष महìव दिने विदेशनीतिलाई प्राथमिकतासाथ अघि बढाइएको उल्लेख गर्दै उहाँले नेपाल चीनको घनिष्ठ मित्र भएको बताउनुभयो।

       सरकारका नीतिनिर्माणको मुख्य भूमिका निर्वाह गर्ने चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सी जिनपिङ राष्ट्रपतिसमेत बन्नुभएपछि 'छिमेकलाई प्राथमिकता दिने नीति अघि बढिरहेको' उल्लेख गर्दै उहाँले आफूहरूले यसलाई 'यस क्षेत्रको साझा लक्ष्यका रूपमा अघि बढाउन चाहिरहेको' स्पष्ट पार्नुभयो। राष्ट्रपति सीको विदेशनीतिमा समानता, इमानदारी, आपसी लाभ, समावेशीजस्ता मुख्य बुँदा रहेको उल्लेख गर्दै उहाँले नेपालले आफूलाई सहयोग गर्ने अपेक्षा व्यक्त गर्नुभयो।

       नेपाल र चीनबीचको सम्बन्ध अझ मजबुत बनाउन कृषि, पर्यटन, व्यापारलगायतका नौवटा क्षेत्रमा आपसी सहकार्य गर्नुपर्ने उहाँले बताउनुभयो। राजनीतिक दलका नेताहरूसँगको छलफलका क्रममा नेपालले सन् 2022 सम्ममा अल्पविकसित मुलुकको अवस्थाबाट माथि पुग्ने लक्ष्य लिएको जानकारी आफूले पाएको बताउँदै उहाँले यसका लागि सहयोग गर्न चीन सधैँ तयार रहेको बताउनुभयो।

       त्यसपछि नेपाल विकासको नयाँ युगमा प्रवेश गर्ने आशा व्यक्त गर्दै उहाँले एउटा असल छिमेकीको नाताले यी सबै प्रक्रियामा चीन नेपालको पक्षमा दह्रोसँग उभिनेछ भन्नुभयो। "स्थिर राजनीतिक तथा सामाजिक वातावरण विकासका लागि महत्वपूर्ण हो", उहाँले भन्नुभयो, "त्यसैले यहाँका सबै राजनीतिक दल र नागरिक समाजबीच साझा लक्ष्यका लागि एकता हुनुपर्छ। एकीकृत नेपालले मात्र त्यो लक्ष्य चुम्नेछ।"

       नेपालको आन्तरिक मामिलामा चीनको कुनै हस्तक्षेप नहुने बताउँदै उहाँले संविधान निर्माणको प्रक्रिया सहजतासाथ अघि बढ्ने अपेक्षा गर्नुभयो। उहाँले विभिन्न राजनीतिक विचारधारा भएका राजनीतिक पार्टीहरू देश र जनताको आधारभूत मुद्दालाई ध्यानमा राखेर चाँडै साझा निष्कर्षमा पुग्ने विश्वास व्यक्त गर्नुभयो।

       सशस्त्र विद्रोहबाट चीनमा कम्युनिस्ट शासन व्यवस्था स्थापना गर्ने तत्कालीन चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष माओ त्से तुङको जन्म दिनको अवसर पारेर भएको आफ्नो भ्रमणबारे थप प्रकाश पार्दै उहाँले नेपालमा पनि माओलाई सम्मान गर्ने ठूलो हिस्सा रहेकोबारे आफू जानकार रहेको बताउनुभयो। सत्यको खोज, जनदिशाको कार्यान्वयन र स्वतन्त्रताको खोज नै माओको सिद्धान्त भएको व्याख्या गर्दै उहाँले माओ चीनमा मात्र नभई विश्वभर सम्मानित व्यक्ति हुनुभएको बताउनुभएको थियो, गोरखापत्र अनलाईनले खबर लेखेको छ।

जानकारी तथा लेखहरु