फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दादुरा प्रतिरोध खोपमा निर्भर रहेको विश्व स्वास्थ्य संगठनको भनाइ

(GMT+08:00) 2015-01-29 19:35:38

        हालै अमेरिकी क्यालिफोर्निया र चीनको पैचिङमा दादुरा महामारीको संक्रमण देखिएको छ। त्यसको लागि विश्व स्वास्थ्य संगठनका प्रवक्ता मार्गरेट हारिसले खोप लगाउनु नै दादुरा प्रतिरोध गर्ने प्रमुख उपाय रहेको भन्दै सर्वसाधारणले किटाणु नास गर्ने, पोषण उपभोग गर्ने र राम्रोसँग आराम गर्ने कुरामा ध्यान दिनु पर्ने बताउनुभयो।

         हारिसका अनुसार, चीन र अमेरिकामा धेरै मात्रामा दादुरा खोप लगाइए पनि अहिले भएको महामारीबाट अझै केही सर्वसाधारणलाई खोप अपुग भएको स्पष्ट भएको छ। तर विश्व स्वास्थ्य संगठनले कुनै पनि दादुरा भाइरस परिवर्तन भएको प्रमाण नभेटेको कुरामा जोड दिएको छ।

         यदि एक ठाउँमा दादुराको संक्रमण देखिएमा अरुलाई चाँडै खोप लगाउनुपर्ने पनि हारिसले बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ