फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-पाकिस्तान मैत्रीपूर्ण आदान-प्रदान वर्ष 2015 को उद्घाटन

(GMT+08:00) 2015-01-29 19:36:08

        चीन-पाकिस्तान मैत्रीपूर्ण आदान-प्रदान वर्ष 2015 को उद्घाटन समारोह हिजो अठाइस तारिख पैचिङमा आयोजना भएको छ। चीनका लागि पाकिस्तानी राजदूताबास र चिनियाँ जनताको वैदेशिक मित्रता संघबाट संयुक्त रुपमा आयोजित उक्त कार्यक्रममा चीनका उप-राष्ट्राध्यक्ष ली युआन छाउ, पाकिस्तानी राष्ट्रिय सम्मेलनका अध्यक्ष सर्दार अयज सातिक, चीनका सहायक परराष्ट्रमन्त्री लिउ च्येन छाउ, चिनियाँ कम्युनिष्ट पार्टी वैदेशिक सम्पर्क कार्यालयका सहायक प्रमुख ली च्युनलगायत व्यक्ति उक्त समारोहमा उपस्थित हुनुहुन्थ्यो।

         सो अवसरमा पाकिस्तानी राष्ट्रिय सम्मेलनका अध्यक्ष सर्दार अयज सातिकले पत्रकारसँग कुराकानी गर्दै चीन-पाकिस्तान आर्थिक करिडोरको निर्माण कार्यलाई तीब्र रुपमा बढाउनसकिने अपेक्षा आफूले लिएको व्यक्त गर्नुभयो।

         उहाँले चीन-पाकिस्तान दौत्य सम्बन्ध स्थापना भएयता गहन रुपमा दुईपक्षीय विकास भइरहेको बताउनुभयो। सन् 2015 मा चीनका राष्ट्राध्यक्ष सी चिन फिङ र पाकिस्तानका राष्ट्रपति मामनून हुसेइनले भ्रमण आदान-प्रदान गर्ने र दुई पक्षीय अनेकौँ कार्यक्रमको आयोजना सहयोग बढाउने पनि उहाँले व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ