फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाली युवाको किताब नोबेल पुरस्कारमा प्रतिस्पर्धी

(GMT+08:00) 2015-01-30 19:06:33

       न्यूयोर्क निवासी नेपाली युवा लेखक राजन थपलियाको किताव "लाईफ इज नट इजि" 2015 मा स्विडेनको स्टकहोम, स्वीडीश एकेडमीमा हुने नोबेल पुरस्कार लिट्रेचरमा सहभागिता जनाउने भएको छ। "लाईफ इज नट इजि" यो किताब जीवनको भोगाइको हरेक पाटोलाई समेटिएर लेखिएको कविता संग्रह हो। यो कृतिको सह लेखक क्यानेडियन नागरिक कबी एन ब्राडी रहेको सेतोपाटी अनलाइनले लेखेको छ।

        "लाईफ इज नट इजि" - जीवन सुन्दर छ, यो फूल जस्तै सुगन्धित बासनादार छ तर सजिलो छैन किनभने हामिले जीवन बाचिरहेपनि जीबनलाई बुझ्न सकेनौ, माछा पानीमा बस्छ तर त्यसले पानीको अस्तित्व के हो भनेर कहिले सोध्दैन तर हामी तमान्छे हौ तैपनी जीवन जिइरहेका छौ तर पनि जीवन के हो? भन्ने कुरा बुझेनौ अनि जीवन भर जीवनको परिभासा खोजेरौ यती मुल्यवान जीवन कौडीको मोलमा बेच्न बध्य हुन्छौ।

         जीवनको सुबासलाई बुझ्न नसके प्रगतिको सिखर चड्न नसकिने र संघर्श गर्नेहरू सँग जित सधैं नजिक हुन्छ, जीवन सङ्घर्सबाट कहिले हार खान नहुने लेखक थपलियाले बताउनुभयो। किताबमा जीवनको अध्यारो र उज्यालो पाटो लाईमात्र केलाईएको छैन। बिश्वको सर्वोच्च शिखर सगरमाथा सम्बन्धी कबिता पनि छ। लेखकले देशप्रतिको प्रेमलाई पनि उक्त पुस्तकमा बिराट किसिमले प्रस्तुत गर्नु भएको छ। नारीको जीवन पुरुषको जीवन विवाह पछिको क्षण्, बियोगको पीडा, मायामा रम्नुको मज्जा, प्रेमको गहिरो परिभासा, बाल्यकालका दिनहरू सम्झेर घरको झ्यालबाट शहर टहल्नुको  मज्जा आदी कुराहरू पुस्तकमा समेटिएको छ।

         उक्त पुस्तक बिश्व प्रसिद्ध बुक स्टोर बार्न्स एन्ड नोबेल द्वारा बजार ब्यबस्थापन गरिएको थियो भने उक्त पुस्तक इबे, अमेजन जस्ता लोकप्रिय अनलाईनहरुमा उपलब्ध छ। उक्त पुस्तक युरोप्, अमेरिका, अष्ट्रेलिया, र इन्डियाको बजारहरूमा पनि उपलब्ध छ।

         हाम्रो पब्लिकेसनबाट प्रकाशित पुस्तक यति ठूलो प्रतिस्पर्धामा जानु निकै गर्बको कुरा भएको अमेरिकन स्टार बूक का ज्याकी भेलोनोस्की बताउनुभयो। राजनको किताबमा गहिरो दर्शन भएको र सहजै जोकोहीको मन छुने कुरा एडल्फाइ युनिभर्सिटीका प्रोफेस र डामाचा बताउनुभयो। यो कबिता संग्रहलाई अमेरिकन स्टार पब्लिकेसन बोस्टन ले 2013 अगस्ट 23 मा प्रकाशन गरेको थियो।

         यो पुरस्कार प्रत्येक वर्ष डिसेम्बर 10 मा नोबेलको मृत्युको वार्षिकोत्सवमा एक वार्षिक समारोहमा स्टकहोममा प्रस्तुत गर्ने गरिन्छ। साहित्यको पहिलो नोबेल पुरस्कार सन् 1901 मा फ्रान्सेली कवि तथा निबन्धकार सुली प्रुधोम साहित्यमा नोबेल पुरस्कार प्रदान गरिएको थियो।

 

जानकारी तथा लेखहरु
सुझाउ