फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनमा उच्च गतिको रेलमार्गको लम्बाइ सोह्र हजार किलोमिटर

(GMT+08:00) 2015-01-30 19:08:40

        हिजो उनान्तीस तारिख आयोजित चीनको रेलमार्ग कम्पनीको कार्य सम्मेलनमा रेलमार्ग कम्पनीका प्रमुख शङ क्वाङ चुले सन् 2014 को अन्तमा चीनको राष्ट्रभरि उच्च गतिको रेलमार्गको कूल लम्बाइ सोह्र हजार किलोमिटर पुगेर विश्वमा पहिलो भएको जानकारी दिनुभयो।

         सन् 2007 देखि सन् 2014 सम्म चीनमा उच्च गतिको रेलमार्गबाट लगभग तीन अर्ब सोह्र करोड पटक यात्रीलाई ओसारेको छ।

          प्रमुख शङले यस वर्ष छिमेकी मुलुकसँग रेलमार्गको निर्माणको आदान-प्रदान बढाउने औंल्याउनुभयो। उहाँले यस वर्षको अन्तमा उच्च गतिको रेलमार्गको संचालन लम्बाइ दुइ हजार किलोमिटर थप हुने पनि जानकारी दिनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ