फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

इजिप्टको सैनिक प्रहरी क्याम्पमाथि आक्रमण

(GMT+08:00) 2015-01-30 19:09:12

      स्थानीय समय अनुसार हिजो उनान्तीस तारिख इजिप्टमा कयौँ पटक सैनिक प्रहरीमाथि लक्षित प्रहार भएको थियो। सो प्रहारबाट कम्तिमा सत्ताईस जनाको मृत्यु भएको छ।

       इजिप्ट पिरामिड दैनिक पत्रिकाका अनुसार सशस्त्र समूहका सदस्यहरुले उत्तर सिनाई प्रान्तको राजधानी अल-अरिशको सुरक्षा व्यरो भवन तथा नजिकै रहेको सैनिक अभ्यास केन्द्रमाथि प्रहार गरेका छन्।

         प्राप्त अर्को समाचार अनुसार, अल-अरिशको नजिकै रहेको शेक जुवायिद, गाजा क्षेत्र नजिकै रहेको राफाह, काहिराको पूर्वी भागमा रहेको सुइज शहरमा विस्फोटनका घटना भएका छन्।

         सशस्त्र समूह "अन्सार बेइत अल मक्दिस" ले यो आक्रमणको जिम्मा लिएको छ। सशस्त्र समूह "अन्सार बेइत अल मक्दिस"ले गत वर्षको नोभेम्बरमा पनि "इस्लामिक स्टेट" सहयोग गर्ने घोषणा गरेको थियो।

जानकारी तथा लेखहरु
सुझाउ