फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्रिय जन काङग्रेसका अध्यक्षद्बारा पाकिस्तानी संसदका सभामुखसँग भेट-वार्ता

(GMT+08:00) 2015-01-30 19:09:45

        चिनियाँ राष्ट्रिय जन काङग्रेस स्थायी समितिका अध्यक्ष चाङ त च्याङले हिजो उनान्तीस तारिख दिउँसो पैचिंगमा पाकिस्तान संसदका सभामुख सर्दार अयज सादिकसँग भेट-वार्ता गर्नुभयो।

        अध्यक्ष चाङले चीन र पाकिस्तान रणनीतिक सहयोग साझेदारी रहेको भन्दै केही वर्षदेखि दुवै मुलुकका नेताको भ्रमण आदानप्रदान बढाउनेमा दुवै मुलुकले विभिन्न क्षेत्रको सहयोगलाई सबल पारेको औंल्याउनुभयो। उहाँले चीन र पाकिस्तान आर्थिक करिडोर दुवै पक्षको सहयोगबाट गहन रुपमा सफल हुने मुख्य विषय रहेको पनि उल्लेख गर्नुभयो। उहाँले सम्मान तथा आपसि हितका रुपमा चीनले पाकिस्तानसँग सहयोगलाई सबल पार्ने कुरामा जोड दिनुभयो।

          पाकिस्तानी संसदका सभामुख सादिकले पाकिस्तान र चीन बीच घनिष्ट मित्रता रहेको भन्दै मुख्य हित तथा महत्वपूर्ण समयमा दुवै मुलुकले आपसि समर्थन गरेको औंल्याउनुभयो। उहाँले क्षेत्रीय शान्ति, स्थिरता र सुरक्षाका लागि पाकिस्तानले चीनसँग सहयोग गर्ने बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ