फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

MH370 दुर्घटनाबारे ली ख छ्याङको प्रतिक्रिया

(GMT+08:00) 2015-01-30 19:10:09

       मलेशियाले हिजो उन्तीस तारिख मलेशिया एयरलाइन्सको MH370 विमान दुर्घटनामा परेको घोषणा गरेको थियो। त्यसबारे पत्रकारसँग कुराकानी गर्दै चीनका प्रधानमन्त्री ली ख छ्याङले दुर्घटनामा परेका हरेक परिवार र हामी सबैको लागि यो कठिन समय रहेको व्यक्त गर्नुभयो।

        प्रधानमन्त्री लीले 154 जना चिनियाँ यात्रु र चार जना फ्रान्सेली यात्रुलगायत उक्त विमानमा रहेका सबैलाई चीन सरकारले दुःख ज्ञापन गर्नुका साथै यात्रुका परिवारलाई गहिरो सहानुभूति र हार्दिक शोक ज्ञापन गरेको बताउनुभयो। एक वर्षयता चीन सरकारले सम्बन्धित मुलुक तथा अन्तर्राष्ट्रिय समूहसँग खोज तथा अनुसन्धान कार्य गरी चिनियाँ यात्रुका परिवारलाई सकेसम्म सेवा दिएको कुरामा जोड दिनुभयो। यसपछि चीन सरकारले सम्बन्धित कार्यको निरन्तरता लिने पनि उहाँले जानकारी दिनुभयो। साथै उहाँले मलेशियाले आफ्नो वचनबद्धताको पालना गरी दुर्घटनाको जाँच, क्षतिपूर्ति आदि कार्य विशेष गरी विमान र यात्रु भेटाउन अरु प्रयास गर्ने आशा चीन सरकारले लिएको व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ